कार्यकर्ताको गाडी आगजनी - एमाले - - newsallabc.com

Breaking

Sunday, February 26, 2017

कार्यकर्ताको गाडी आगजनी - एमाले -

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।




गौरमा आयोजित सभामा सहभागी हुन स्थानीय एमाले कार्यकर्ताले प्रयोग गरेको एउटा बोलेरो गाडी मधेसी मोर्चाका कार्यकर्ताले आगजनी गरेका छन्। भारतीय नम्बर प्लेट बीआर ०६ पी ५४६१ बोलेरो गाडी आइतबार साँझ आगजनी गरिएको हो।

सभामा बोलेर बरिष्ठ एमाले नेता माधवकुमार नेपाल फर्केपछि मोर्चा कार्यकर्ताले गाडी आगजनी गरेको प्रत्यक्षदर्शीले बताए। एमाले झन्डा गाडेको गाडीमा आगजनी भएका बेला कोही पनि सवार थिएनन्।
गाैरमा अायाोजित अामसभामा सहभागी हुन एमाले कार्यकर्ताले सो गाडी प्रयोग गरेका थिए।
स्थानीय चुनाबविरुद्ध आन्दोलनरत मोर्चाले आइतबार दिउसो एमालेको सभाविरुद्ध वीपी चोकमा प्रदर्शन गरेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड अश्रुग्यास र लाठीचार्ज गरेको थियो। प्रहरीको बल प्रयोगबाट एक सञ्चारकर्मी सहित दुई जना घाइते भएका छन्।
सभामा बोलेर बरिष्ठ एमाले नेता माधवकुमार नेपाल फर्केपछि मोर्चा कार्यकर्ताले गाडी आगजनी गरेको प्रत्यक्षदर्शीले बताए। एमाले झन्डा गाडेको गाडीमा आगजनी भएका बेला कोही पनि सवार थिएनन्।
सुरक्षाकर्मीले गाडीमा लगाएको आगो निभाएका छन्। गाडी पूर्णरुपमा क्षतिग्रस्त भएको छ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167