- भोलि महाशिवरात्रि - भक्तजनलाई एक घन्टाभित्रै दर्शन र पूजाआजाको व्यवस्था - newsallabc.com

Breaking

Thursday, February 23, 2017

- भोलि महाशिवरात्रि - भक्तजनलाई एक घन्टाभित्रै दर्शन र पूजाआजाको व्यवस्था

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



कुनकुन बाटो बन्द हुन्छन् ?


काठमाडौं : पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा भक्तजनलाई एक घन्टाभित्रै दर्शन र पूजाआजाको व्यवस्था मिलाउने जनाएको छ । विगतका सबै समस्या हटाएको दाबी गर्दै कोषले यसपटक एक घन्टामै पशुपतिनाथ मन्दिर पुर्‍याउने जनाए सँगै ट्राफिक प्रहरीले समेत शिवरात्रिका लागि पशुपति क्षेत्रको यातायात व्यवस्थापनका लागि तयारी पूरा गरेको छ ।
शुक्रबार शिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा सवारी आवगमन अस्तव्यस्त हुने भएकाले प्रहरीले ट्राफिक व्यवस्थापनका लागि विभिन्न रोडमा सवारीलाई प्रवेश निषेध गरेको छ। महानगरीय ट्राफिक महाशाखाका अनुसार निम्न सडकमा सवारी प्रवेश रोक लगाइएको छ।
सवारी प्रवेश निषेध गरिने स्थान सडकचावहिलबाट गौशाला तर्फ,
पुरानो बानेश्वरबाट गौशालातर्फ,
ज्ञानेश्वर मैतिदेवि मोड्बाट रातोपुल हुँदै गौशाला तर्फ,

-मैतिदेवी चोकबाट पुरानोबानेश्वर तर्फ,
-द्वारीका होटलको उत्तरतर्फको शाखा मार्ग,
-सिफल चौरबाट जयबागेश्वरीतर्फ,
-लामापोखरी कुटुवहालबाट मित्रपार्कतर्फ,
-गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ,
-तिलगंगाबाट गौशालातर्फ,
-मालबाहक सवारी साधनहरु तीनकुनेबाट सिनामंगल, तिलगंगातर्फ,
-जोरपाटी नारायणटारबाट करिडोर बाटोहुदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ 
-सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग,
-जोरपाटी, बौद्धतर्फबाट आउने मालबाहक सवारी साधन चुच्चेपाटीबाट चावहिलतर्फ ।
मालबाहक सवारी साधनका लागि :-तीनकुनेबाट गौशाला तर्फ र गोपिकृष्णबाट चावहिल तर्र्फ आउन रोक लगाईएको । 
-नारायणटार पुलबाट करिडोरको बाटो भएर आउने सम्पूर्ण मालवाहक सवारी साधन तथा पानीका ट्याङ्करहरुलाई पनि उक्त दिन रोक लगाईएको ।
यात्रुबाहक सवारी साधन :-नयाँबानेश्वर, तीनकुने भएर चल्ने तथा रिङ्गरोड परिक्रमा गर्ने सवारी साधनलाई पुरानो बसपार्क, भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने हुँदै तिलगंगासम्म जाने र सोही मार्ग भएर फर्कने व्यवस्था मिलाइएको छ,
-रातोपुल गौशाला, चावहिल हुँदै बौद्धतर्फ चल्ने सवारी साधन पुरानो बसपार्क, भद्रकाली, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, सुकेधारा, चावहिल हुँदै बौद्धतर्फ जाने र सोही बाटो फिर्ता हुने व्यवस्था मिलाइएको छ,
-कलंकी, हलचोक, बालाजु, महाराजगंज भएर चल्ने बस मिनिबस, माइक्रो बसहरु सुकेधारा भएर राजधानी पेट्रोल पम्पसम्म जाने र सोही बाटो भएर फर्कनु पर्ने छ,
-रातोपुल, गौशाला भएर चावहिल तर्फ जाने माइक्रोबस र टेम्पोलाई रत्नपार्क, भद्रकाली, सुन्धारा, भोटाहिटी, जमल, महेन्द्रशालिक, कृष्णपाउरोटी, ल्होत्सेचोक, ज्ञानेश्वर, सानो गौचरण, कालोपुल, सिफल, कटुबहाल, चावहिल, गणेशस्थान हुँदै बौद्ध जोरपाटी तर्फ जाने र फर्कदा चावहिल, सुकेधारा, महाराजगंज, लाजिम्पाट, खानिविभाग, केशरमहल भएर रत्नपार्कसम्म आउने व्यवस्था मिलाइएको छ,
-शंखमुल, नयाँ बानेश्वर, पुरानो बानेश्वर तर्फबाट चल्ने माइक्रोबस तथा टेम्पो पुरानो बानेश्वर बाट सेतोपुल हुँदै कालोपुल भएर करिडोरको बाटो हुँदै ओम अस्पताल निस्कने व्यवस्था मिलाइएको छ ।
पार्किङ्ग व्यवस्थापन : तिलगंगा : दर्शनार्थी, तीर्थयात्री र विदेशी पर्यटक,
अमालकोट : भारतीय दर्शनार्थीका साना सवारी साधन र पासवाला सवारी साधन,
सिफल चौर : स्वदेशी तथा विदेशी दर्शनार्थी एवम् तीर्थयात्रीका सवारी साधन,
गौशाला प्रभाग : पासवाला सुरक्षा निकाय तथा सरकारी सवारी साधन,
कोषको कार्यालय : पासवाला सवारी साधन, 
गुहेश्वरी पारी : बौद्ध, जोरपाटी तर्फबाट आउने भक्तजनका सवारी साधन । 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167