लुट फिल्मी शैलीमा न्यूरोड - newsallabc.com

Breaking

Thursday, February 23, 2017

लुट फिल्मी शैलीमा न्यूरोड

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


१२ फागुन, काठमाडौं । राजधानीको सबैभन्दा व्यस्त रहने न्यूरोडमा फिल्मी शैलीमा अपहरण र लुटपाट भएको छ । लुटपाटमा संलग्न ६ जना पक्राउ परेका छन् ।
घटना गत मंगलबारको हो । काका-भतिज नारायण खराल र विधान न्यूरोडको ग्लोबल आईएमई बैंकबाट पैसा निकालेर बाहिर मात्र के निस्किएका थिए, हामी अख्तियारबाट आएका हौं भन्दै ६ जनाको समूहले उनीहरुलाई पक्राउ गर्‍यो ।
४ लाख २७ हजार रुपैयाँको चेक साटेका उनीहरुमाथि हुण्डीको कारोबार गरेको अभियोग लगाइएको थियो । ६ जनाको समूहले काका-भतिजलाई ट्याक्सीमा राख्यो तर, अख्तियारको कार्यालय टंगाल होइन, डल्लु पुर्‍यायो ।
डल्लु पुर्‍याएपछि खुकुरी देखाएर उनीहरुसँग भएको रकमका साथै तीन थान चेक, आइफोन, सामसुङ र नोकिया मोबाइलका साथै काका-भतिजको पर्स लुटेर लग्यो ।
लुटपाटमा संलग्न ६ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ परेको छ । पक्राउ पर्नेमा गोरखाका नारायण बानियाँ, सदिप थापा मगर, अशोक वानियाँ, शिव वानियाँ र रुकुमका विश्वास घर्ती मगर र धनकुमार परियार छन् ।

लुटपाटमा संलग्न विश्वास र नारायण योजनाकार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । कारियाबाट फर्किएका नारायण हुण्डीको काराबार गर्छन् र उनले बैंकमा कारोबार गर्नेहरुको निगरानी गर्ने काम गर्दै आएका थिए । दुबैले लुटपाटको योजना बनाएपछि चार जना सहयोगी खोजेका थिए, जसमध्ये अशोक र शिव बानियाँ पूर्वसैनिक समेत हुन् ।
नारायण मंगलबार विहान ११ बजे नै न्यूरोड पुगेका थिए । र, करिव २ः४५ बजेतिर बैंकमा पुगेका खराल काका-भतिज उनीहरुको लुटको शिकार भए । 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167