Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रहरी प्रमुखको नियुक्ति गर्दा पार्टी सभापति शेरवहादुर देउवाले दिएको दवाव सत्य हो भने त्यो विल्कुलै गलत भएको टिप्पणी गरे । उक्त प्रकरणले प्रहरीको मोरल कमजोर भएको भन्दै उनले भने,‘सभापतिले आइजिपी नियुक्तिमा दवाव दिनु भएको हो भने त्यो काम विल्कुल गलत हो, मिडियामा आएको समाचार सही भए त्यो एकदम गलत हो ।’
सभापति देउवालाई लक्षित गरी उनले प्रश्न गर्दै भने,‘यसरी देशलाई कहाँ पुर्याउछौं ?,कतै अराजकता तर्फ त पुर्याउदै छैनौँ ?, आइजिपी नियुक्ति मन्त्रीपरिषद्ले गर्ने काम हो नी ?मिडियामा आएका कुरा सही हो भने म्यासेज के जाँदै छ ? अराजक भएर अगाडी बढ्दा देश नराम्रो दिशातर्फ लाग्छ ।’
सोमवार बुटवलमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा वोल्दै डा. कोइरालाले आफू केही दिनदेखि काठमाडौं बाहिर रहेकाले यथार्थ के हो ? भन्ने बारे थाहा नभएको बताए । ‘सभापति र गृहमन्त्रीबीचको टसल मिडियामा देखिनु नै दुभाग्यपूर्ण हो, यो नराम्रो पक्ष हो ।’ आइजिपी प्रकरणबारे सभापति देउवालाई लक्षित गरी उनले प्रश्न गर्दै भने,‘यसरी देशलाई कहाँ पुर्याउछौं ?, कतै अराजकता तर्फ त पुर्याउदै छैनौँ ?, आइजिपी नियुक्ति मन्त्रीपरिषद्ले गर्ने काम हो नी ? मिडियामा आएका कुरा सही हो भने म्यासेज के जाँदै छ ? अराजक भएर अगाडी बढ्दा देश नराम्रो दिशातर्फ लाग्छ ।’
त्यसैगरी, डा. कोइरालाले मिति घोषणा गर्दैमा चुनाव हुन नसक्ने भएकाले मधेशी दललाई मिलाएरै अगाडी बढ्नुपर्ने धारणा राखे । चुनावमा जान अझै पनि निर्वाचनसँग सम्वन्धित केही काम बाँकी रहेको भन्दै ती विषय तत्काल टुङ्गाएर अगाडी बढ्नुपर्ने उनले बताए । निर्वाचनसँग सम्वन्धित केही ऐनहरु प्रमाणिकरण भए पनि निर्वाचन आयोगमा अझै पुगिनसकेको उनले जानकारी दिए । उनले संविधानमा थ्रेस होल्डको व्यवस्था गर्नसमेत माग गरेका छन् ।
No comments:
Post a Comment