राप्रपा महाधिवेशन आजदेखि - newsallabc.com

Breaking

Friday, February 17, 2017

राप्रपा महाधिवेशन आजदेखि

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


काठमाडौँ, फागुन ६ गते ।  राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रबारदेखि सुरु हुने महाधिवेशनको उद्घाटनसत्र स्थानीय भृकुटीमण्डपस्थित सडकमा तथा भृकुटीमण्डपको बगँैचामा बन्दसत्रका लागि मञ्च व्यवस्थापनको कार्य पूरा भएको छ । रङ्गीविरङ्गी ध्वजापतकाले समारोहस्थललाई बेहुली जस्तै सिङ्गारिएको छ ।



देश विदेशबाट अहिलेसम्म ९० प्रतिशत प्रतिनिधि आइसकेका छन् । आउन बाँकी रहेका शुक्रबार दिउँसोसम्म आइपुग्ने पार्टीले जनाएको छ । पार्टी प्रवक्ता राजाराम श्रेष्ठका अनुसार वडा, गाउँ, नगर, क्षेत्र हुँदै जिल्ला तथा प्रवासबाट प्रतिनिधि छनोट गरिएको हो । तीन हजार ३१५ प्रतिनिधि छनोट भएका छन् ।

पार्टीका विभिन्न जनवर्गीय सङ्गठनले शुक्रबार बिहान काठमाडौँ उपत्यकाका विभिन्न ५४ स्थानबाट विभिन्न जाति तथा समुदायका वेषभूषा तथा सांस्कृतिक बाजागाजा, झाँकीसहित पदयात्रा गरी समारोहस्थलमा आइपुग्नेछन् ।

प्रवासअन्तर्गत भारत, हङ्कङ, संयुक्त राज्य अमेरिकालगायत मुलुकबाट ३० प्रतिनिधि आइसकेका छन् । सो कार्यक्रममा प्रमुख दलका शीर्ष नेता तथा विभिन्न मुलुकका राजनीतिज्ञलाई निम्तो गरिएको छ ।

तत्कालीन राप्रपा र राप्रपा नेपालको एकीकरण गत मङ्सिर ६ मा भएपछि सो महाधिवेशन गर्न लागिएको छ । पार्टीले विधान संशोधनको कार्य पूरा गरिसकेको छ, अध्यक्षको नेतृत्वमा १६१ केन्द्रीय सदस्य तथा २४ सदस्यीय कार्यसमिति गठन गरिनेछ । अध्यक्षमा सर्वसहमति भएकाले अब १६० केन्द्रीय सदस्यका लागि शनिबारदेखि निर्वाचनको प्रक्रिया सुरु गरी सोमबार निर्वाचन गरिनेछ । 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167