Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ, । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बेल्जियमका उपप्रधान तथा विदेशमन्त्री डिडियर रेयन्डर्ससँग भेटवार्ता गर्नुभएको छ।
बेल्जियमस्थित नेपाली दूताबासका अनुसार उहाँहरुबीच द्विपक्षीय हितका बिषयमा छलफल भएको छ। भेटमा परराष्ट्रमन्त्री डा. महतले नेपाल–बेल्जियमबीचको द्विपक्षीय हितका साथै विकास सहयोग, ब्यापार,लगानी र पर्यटन क्षेत्रको विकास लगायतका विषयमा छलफल भएको छ।
मन्त्री महत र रेयन्डर्सले आपसी सहयोग सद्भाव र सहकार्यलाई जोड दिदै द्वीपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने तर्फ दृढता व्यक्त गर्नुभएको छ । चार दिनको विदेश भम्रणका क्रममा ब्रसेल्स पुगेका मन्त्री महतले सन् २०१५ मा गएको प्रलयकारी भूकम्पपछि पुनर्निमाणका लागि थप सहयोगका लागि अनुरोध गर्नुभएको छ। साथै उहाँले विनाशकारी भूकम्पका समयमा सहयोग गर्ने विश्वसमुदायलाई धन्यवाद दिदैँ भूकम्पको समयमा राहत र उद्दार कार्यमा बेल्जियम सरकारले प्रदान गरेको सहयोग प्रति कृतज्ञता व्यक्त गर्नुभयो।
बेल्जियमले आफूलाई अन्तर्राष्ट्रिय उच्चस्तरीय मध्यस्थता सम्मेलनमा निमन्त्रणा गरेकोमा धन्यवाद दिँदै मन्त्री महतले रेयन्डर्सलाई नेपाल भ्रमणको निम्तो समेत दिनुभएको छ। विज्ञप्तीका अनुसार मन्त्री महतले नेपालको पछिल्लो राजनीतिक अवस्था बारे रेयन्डर्सलाई जानकारी गराएको भएको छ ।
भेट नेपाली भ्रमण टोलीसँगै बेल्जियमस्थित नेपाली राजदूत लोकबहादुर थापाको समेत सहभागीता रहेको थियो ।
प्रराष्ट्रमन्त्री महतले भ्रमणका क्रममा बेल्जियम तथा लक्जम्बर्गमा एनआरएन तथा जनसम्पर्क समितिद्वारा आयोजित कार्यक्रममा सहभागी भई त्यहाँ रहेका नेपालीसँग अन्तरक्रिया गर्नुका साथै नेपाली दूतावास ब्रसेल्स र दी युरोपियन इन्च्यिुट फर एसियन स्टडिजले आयोजना गर्ने अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्नुहुने जनाईएको छ । परराष्ट्रमन्त्री महत फागुन ६ गते नेपाल फर्कनु हुने कार्यक्रम छ ।
No comments:
Post a Comment