बालिकाको बलात्कारपछि हत्या गर्ने कुँवरलाई प्रहरीद्वारा सार्वजनिक - newsallabc.com

Breaking

Wednesday, February 15, 2017

बालिकाको बलात्कारपछि हत्या गर्ने कुँवरलाई प्रहरीद्वारा सार्वजनिक

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



चन्द्रौटा । 
छिमेकीकै अबोध बालिकाको करणीपछि हत्या गर्ने हत्यारालाई प्रहरीले सार्वजनिक गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका १०, प्रगतिटोल ‘बी’ बस्ने विनय कुँवरका १९ वर्षीय छोरा भिमबहादुर कुँवरलाई जिल्ला प्रहरी कार्यालय तौलिहवामा पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो । हत्यारा कुँवरले बालिकालाई जबरजस्ती करणी गरी कर्तब्य ज्यान लिएको स्वीकार गरेको पत्रकार सम्मेलनमा प्रहरीले जानकारी गराएको छ ।


गत फागुन २ गते साँझ साढे ७ बजे छिमेकी भिमबहादुर कुँवरको घरबाट पिठो लिई आमालाई दिएर बाहिर खेल्न गएपछि फर्केर नआएको प्रहरीको पारिवारिक स्रोतलाई उदृत गर्दै प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले खोजी गर्दा पनि फेला नपरेको तर विहान साढे ६ बजेको समयमा बालिका जवई खोलामा तैरिरहेको मृत फेला परेको प्रहरी नायब उपरीक्षक प्रल्हाद अधिकारीले जानकारी दिनुभयो ।
बालिकालाई ललाई फकाई लगेको र खोला किनारमा राति करणी गरी मुख थुनेर हत्या गरी पानीमा शव फेला परेको अनुसन्धानका क्रममा खुल्न आएको छ । घटनाको गहन अनुसन्धान र संकलित सूचनाको आधारमा छिमेकी बिनय कुँवरका छोरा भिमबहादुर कुँवरलाई शब फेला परेको ३ घण्टामै पक्राउ गर्न सफल भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
पक्राउ परेका अभियुक्तलाई मुलुकी ऐन जबरजस्ती करणी तथा ज्यान सम्बन्धी महल अनुसार जिल्ला अदालत कपिलवस्तुमा म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । यसअघि गत माघ २६ गते पकडीमा ५ जना युवाहरुले सामुहिक बलत्कार गरीएको घटना संलग्नमध्ये पक्राउ परेका दुई अभियुक्तलाई समेत प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको थियो ।
यसैबीच जिल्लामा एक साता यता दुईवटा जबरजस्तीकरणीका घटना सार्वजनिक भएपछि जिल्लाका अधिकारकर्मी आन्दोलित भएका छन् । आन्दोलित अधिकारकर्मीले महिला सुरक्षाको माग र जबरजस्ती करणी समबन्धी कानुनमा हदैसम्म कारबाहीको मागका लागि ऐन परिमार्जनको माग गर्दै आन्दोलनमा उत्रिए ।
जिल्ला सदरमुकाम तौलिहवाको गौढीचौकदेखि प्रशासन चौकमा पुगेर प्रशासन गेटमा नाराबाजी गरेका थिए । आन्दोलित अधिकारकर्मीले प्रजिअ बिष्णुप्रसाद ढकाल मार्फत महिला सुरक्षा हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझदै प्रजिअ ढकालले प्रहरीले अनुसन्धान र कारवाही अगाडि बढाएको बताउँदै दोषीले उन्मुक्ति नपाउने प्रतिबद्धता जनाएका थिए । 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167