Air Arabia and Fly Dubai will fly from Bhairahawa within 2 weeks - newsallabc.com

Breaking

Tuesday, June 21, 2022

Air Arabia and Fly Dubai will fly from Bhairahawa within 2 weeks

unn.prixa.net

गाैतमबुद्ध विमानस्थल

काठमाण्डौ – गएको जेठ २ गतेदेखि औपचारिकरूपमा सञ्चालनमा आएको भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी वायु सेवा कम्पनीले नियमित उडान भर्ने भएका छन् । नियमित उडान भर्नका लागि एअर अरेबिया र यूएईको फ्लाई दुबई कम्पनीले प्रक्रिया अघि बढाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । यी दुवै संयुक्त अरब इमिरेट्स (यूएई) का अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हुन् ।

क्यानका महानिर्देशक प्रदीप अधिकारीका अनुसार एअर अरेबियाले आउँदो दुई हप्ताभित्रै नियमित व्यावसायिक उडानका लागि इच्छा देखाउँदै प्रक्रिया थालेको जानकारी दिनुभयो । उहाँका अनुसार भैरहवा विमानस्थलबाट श्रम गन्तव्य देश जान चाहने यात्रुको चाप उच्च छ । त्यही कारण अन्य विदेशी वायु सेवा कम्पनीहरूले पनि यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि रूचि देखाएका छन् । 

यसैगरी एक महिनाअघि विमानस्थल उद्घाटनसँगै हप्ताको तीन दिन नियमित उडान सुरु गरेको जजिरा एअरलाइन्सले पनि छिट्टै हप्तामा सातै वटा उडान सुरु गर्ने तयारी गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका प्रमुख गोविन्दप्रसाद दाहालले जानकारी दिनुभयो ।

जजिरा एअरले छिट्टै आफ्नो उडान तालिका परिवर्तन गरी बिहानका लागि पनि बनाउने योजना बनाएको जजिरा एअरको नेपालका लागि आधिकारिक जीएसए सोसाइटी इन्टरनेशनल ट्राभलका अध्यक्ष रवीचन्द्र सिंहले जानकारी दिनुभयो । वैदेशिक रोजगारीमा जाने–आउने यात्रुका लागि यो विमानस्थल पायक पर्ने बताइएको छ ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167