COMUNE DI COLLECCHIO, इटाली द्वारा कोलेकियो नेपाली परिवार (समाज) सम्मानित २०२० जुन २ इटालीको गणतन्त्र दिवसको अबसरमा इटाली कोलेकियो (पारमा) ले नेपाली समाज कोलेकियोलाइ सम्मान गरको छ। २०१५ बाट अबस्थित यो समाज आजको मिति सम्म १५० को जनसंख्यामा पुगेको छ। नेपालीहरुको बाक्लो बस्ति हुनुको पछाडी यहाँको काम रहेको पाइन्छ। Every year since 1946, June 2 has been celebrated as the Republic Day of Italy. In the ITALY PARMA, COLLECCHIO, "MARISTELLA GALLI" honored the Nepali community based in COLLECCHIO.लामो समय २ दशक देखि इटाली बस्दै आउनु भएका रिचर्ड भण्डारीज्युले २०१५ मा PARMA SERVICE SRL को स्थापना काल संगै यस ठाउँमा नेपालीहरु रहदै आएको पाइएको छ। नेपालीहरुको संख्या बढी रहेको यो कम्पनिमा र समाजको आफ्नै मौलिक, सस्कृति र भाषा अनुकुल सामाजिक परिवेस बढीरहेको पाइन्छ।जसरि नेपालमा कर्मचारीको हकमा घरबिदा, बिरामी बिदा , बिदा छुटी जाने सैली, चाडपर्व मनाउने तरिका हुबहु भएको हुँदा र कोलेकियो सानो ठाउँ भएको कारणले हरेक ५० मिटरमा नेपालीहरुको घर/बासस्थान रहेको हुँदा साँझ बिहान भेटघाट हुने शैली पनि चोक र गौडामा भएजस्तो महसुस हुने रहेछ। २० घर परिवार अनि दर्जनौ बाल बच्चाले यस नेपाली समाजलाइ अझ पारिवारिक पनको आभास गराएको महसुस हुन्छ। सायद त्यसैले होला यहाँको नेपाली समाजको नाम "कोलेकियो नेपाली परिवार" रहन गएको। यस नेपाली परिवारले सामाजिक घटना जुनसुकै किसिमको भएता पनि पारिवारिक माहोलमै समाधान हुने हुँदा यहाँको प्रशासन समक्ष हाल सम्म त्यस्ता किसिमको घटनाको रिपोर्ट भएको पाइएको छैन। जस्तो सुकै समस्यामा जुध्न सक्ने नेपालीको बानिले अझ यस नेपाली परिवारलाई अझ अनुसासित बनाएकोले गर्दा होला याहाको नगरपालिकाको कार्यालयले भब्य रुपमा सम्मान गरेको। एउटा समाजलाई हौसला प्रदान गर्न यो भन्दा उदारणीय अरु के होला र ! अहिले को KOVID 19 को भयाबह स्थितिमा यहाको नगरपालिकालाइ परेको बखतमा नेपालीहरुले कुनैपनि प्रकारको सहयोग गर्न सक्ने छ भनि समाजको तर्फ बाट रिचार्ड भण्डारीज्युले लिखित पत्राचार गरे पश्चात नगर प्रमुखले धन्यवाद सहित यदि त्यो स्थिति आइपरेमा हामी बोलाउने छौ भनि पुनः दोहोरो पत्राचारले यहाको सरकारी कार्यालयहरुसंगको सम्बन्ध सुमधुर रहेको छ भनि प्रस्ट पार्दछ। कार्यरत कर्मचारीको ९० प्रतिशतले अरु दिनहरु भन्दा बढी तुलनात्मकअनुपातमा यहाका बन्दोबस्ती तथा खाद्यान्नका कम्पनिहरुमाCORONA को भयाबह अबस्थाको कारणले थप डिउटी समेत गरेको साथै यस्तै क्रियाकलापको कारणले गर्दा सबैलाई सम्मान हुनेगरी नगर प्रमुख MARISTELLA GALLI मार्फत यस कोलेकियो नेपाली परिवारलाइ सम्मान गर्ने उद्देस्यले अग्रिम पत्राचार गरि कार्यक्रममा सम्मान ग्रहण गर्नको निमित्त रिचार्ड भण्डारीज्युलाई निम्त्याइएको थियो र सम्मान पत्रको साथ रास्ट्रिय झण्डा र कितावद्वारा समाजलाइ सम्मान गरियो। वहाले सम्मान ग्रहण पश्चात त्यहाँ उपस्थित नगर प्रमुख तथा सम्पूर्ण कार्यालय प्रमुख, कर्मचारी वर्ग र उपस्थित सबैलाइ परेको खण्डमा नेपाली परिवार कोलेकियो सदैब सरल, सहज र सहयोग गर्नको निमित्त पछाडी नहट्ने धारणा ब्यक्त गर्दै व्यक्तिगत अनि समाजको तर्फबाट धन्यवाद दिनुभयो।
COMUNE DI COLLECCHIO, इटाली द्वारा कोलेकियो नेपाली परिवार (समाज) सम्मानित
२०२० जुन २ इटालीको गणतन्त्र दिवसको अबसरमा इटाली कोलेकियो (पारमा) ले नेपाली समाज कोलेकियोलाइ सम्मान गरको छ। २०१५ बाट अबस्थित यो समाज आजको मिति सम्म १५० को जनसंख्यामा पुगेको छ। नेपालीहरुको बाक्लो बस्ति हुनुको पछाडी यहाँको काम रहेको पाइन्छ।
Every year since 1946, June 2 has been celebrated as the Republic Day of Italy. In the ITALY PARMA, COLLECCHIO, "MARISTELLA GALLI" honored the Nepali community based in COLLECCHIO.
No comments:
Post a Comment