रहेनन् यूएईबाट आएको जहाजमा दूतावासको सूची अनुसारका नेपाली, रोकिए यूएईमै - - newsallabc.com

Breaking

Friday, June 5, 2020

रहेनन् यूएईबाट आएको जहाजमा दूतावासको सूची अनुसारका नेपाली, रोकिए यूएईमै -

युएई । यूएईस्थित नेपाली दूतावासले तयार पारेको सूची बाहेकका १ सय ५७ जना नेपाली लिएर एयर अरेवियाको जहाज काठमाडौंका लागि प्रस्थान गरेको छ ।

सारजाह विमानस्थलबाट एयर अरेवियाको जी ९ १७५१ नम्बरको विमान स्थानीय समय अनुसार ११ः२० मा नेपालका लागि उडेको हो । यो विमान साँझ ६ बजेपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भनिएको छ ।

नेपाल सरकारले तय गरेको प्राथमिकताका आधारमा नेपाल पठाउने गरी दूतावासले सूची तयार गरेको थियो । तर, प्राविधिक कारण देखाउँदै उनीहरुलाई यूएईमै रोकिएको छ ।

नेपालस्थित सीसीएमसी स्रोतले उडान भाडा सम्बन्धी समस्या सिर्जना भएको जनाएको छ । त्यसपछि उत्पन्न अफ्ठ्यारो परिस्थितिका बीच दुई वटा कम्पनीले एयरलाइन्ससँगको समन्वयमा आफ्ना कामदार नेपाल पठाउने तय गरेको थियो ।

इजादा फ्यासिलिटी म्यानेजमेन्टमा कार्यरत ६७, टान्स गार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना र अन्य ११ जना गरी १ सय ५७ जना नेपाली नेपाल फर्किएका छन् । युएईको समय अनुसार बिहान १०ः४५ बजे उनीहरुको बोर्डिङ पास भएको थियो ।

दूतावासका अनुसार कोरोनाका कारण अफ्ठ्यारो परिस्थिति सिर्जना भएको भन्दै कम्तिमा १८ हजार जनाले स्वदेश फर्किनका लागि विवरण भरेका छन् । उनीहरुलाई नेपाल ल्याएर प्रदेशगत रुपमा तयार गरिएका क्वारेन्टाइनमा १४ दिनसम्म राखेर घर पठाउने सरकारी तयारी छ ।

शुक्रबारै म्यानमारबाट पनि २६ जना नेपालीको उद्दार भएको छ । उनीहरुलाई लिएर म्यानमारको सेनाको विशेष विमान काठमाडौं आएको थियो ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167