समाचार, २२ जेठ २०७७
आजको मुख्य समाचार -
* एकै दिन तीन सय ३४ नयाँ संक्रमित थपिए / दैलेखमा मात्र १ सय १३ जना / पाल्पामा मंगलबार मृत्यु भएका पुरुषमा पनि संक्रमण पुष्टि ।
* जनजीवन सहज बनाउन लकडाउनको स्वरुपबारे मन्त्रिपरिषद्मा छलफल / उच्च दरमा संक्रमण बढेपछि स्वास्थ्य आपतकाल घोषणा गर्ने तयारी ।
* भारतबाट आउनेको चाप सुदूरपश्चिममै बढी / ९ जिल्लाका क्वारेन्टिनमा ६० हजार माथि / धमाधम संक्रमण देखिँदा पनि परीक्षण भने घट्दो ।
* महामारीका कारण विदेशमा अफ्ठ्यारोमा परेका नेपालीलाई भोलिदेखि स्वदेश ल्याइँदै / मध्यपूर्वबाट उद्धार गर्नुपर्ने ४० हजारको सूची तयार ।
* कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या ६५ लाख नाघ्यो / तीन लाख ८५ हजारको मृत्यु / लकडाउन भने विश्वभर नै क्रमिक रुपमा खुकुलो पारिँदै ।
-मुख्य समाचार -
No comments:
Post a Comment