Samachar | समाचार, २३ जेठ २०७७
आजको मुख्य समाचार -
* म्यानमार र यूएईबाट १ सय ९४ जनालाई काठमाडौँ ल्याइयो / भारतबाट नाकामा आइपुगेकासँग भने मनपरि भाडा असुली / प्रशासन रमिते ।
* महामारीमा मृत्यु हुनेको संख्या ११ पुग्यो / ९ जनाको मृत्युपछि मात्रै संक्रमण पुष्टि / आरडीटीको भर पर्दा र पीसीआर परीक्षणको दायरा नबढाउँदाको परिणाम ।
* आज दुई सय ७८ जनामा संक्रमण पुष्टि / देशभर संक्रमित २९ सय नाघे / दैलेखमा दुई दिनमा दुई सय बढी थपिए / सुदूरपश्चिममा नमूना संकलन नै रोकियो ।
* सरकारी ढुकुटी रित्तिँदै / लकडाउनको अढाई महिनामा आम्दानीभन्दा १ खर्ब ३२ अर्ब बढी खर्च / जनप्रतिनिधि र उच्च प्रशासकलाई महामारीमा पनि विलासी गाडीको मोह ।
* विश्वभर आज मात्रै १ लाख ३० हजार कोरोना भाइरसबाट संक्रमित / उद्गमस्थल चीनको हुवेई प्रान्त बन्यो संक्रमणशून्य ।
समाचार
No comments:
Post a Comment