रोल्पा: क्वारेन्टाइनमै एक जनाको मृत्यु - newsallabc.com

Breaking

Tuesday, April 28, 2020

रोल्पा: क्वारेन्टाइनमै एक जनाको मृत्यु

रोल्पा माडीगाउँ गाउँपालिका वडा न. २ पारिवाङमा रहेको क्वारेन्टाइनमा रहेका ६२ वर्षिय एक पुरुषको मृत्यु भएको छ। माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनका अनुसार काठमाण्डौ ईट्टाभट्टामा नाइकेका रुपमा काम गर्ने छोरासंग दमको उपचारका लागि गएका उनी ५ दिन अगाडि रोल्पा आएका थिए।  
परिवारसहित गाउँ आएका उनलाई घरमा राख्दा हेरचाह गर्ने कोहि नहुने भएपछि बिद्यालयमा रहेको क्वारेन्टाइनमा राखिएको थियो। अध्यक्ष पुनका अनुसार मृतकलाई केहि वर्ष पहिले टिबी पनि भएको र दमको रोग उपचारका लागि काठमाण्डौ गएका थिए। उनको गए राति ११ बजे मृत्यु भएको हो।
माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनका अनुसार सदरमुकामबाट चिकित्सक स्वाब लिन घर्तीगाउँ पुगेका छन्। प्रमुख जिल्ला अधिकारीले पनि घटनाको पुष्टि गरेका छन्। उनका अनुसार ६२ बर्षिय पुरुषको स्वाब परीक्षणका लागि दाङ पठाउने तयारी भइरहेको छ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167