अमेरिकन आइडल: दिवेश टप २० बाट अघि बढ्न भोट अपिल गर्दै ! - newsallabc.com
watch+more+videosCHAUTARI+JAN+SEWA+ICON

Tuesday, April 28, 2020

अमेरिकन आइडल: दिवेश टप २० बाट अघि बढ्न भोट अपिल गर्दै !

 ‘आर्थर गन’को स्टेज नामबाट अमेरिकन आइडलमा ख्याती कमाइरहेका नेपाली गायक दिवेश पोखरेल 'टप २०' बाट अघि बढ्न प्रयत्न गरिरहेका छन् ।
उत्कृष्ट २० मा छानिसकेका पोखरेलका लागि अब अघि बढ्न भोट आवस्यक पर्छ । यसका लागि उनले संसारभरका नेपालीहरुसँग भोटका लागि आह्वान गरेका छन् । उनले एउटा छोटो भिडिओ सार्वजनिक गर्दै सबैसँग नेपाली भाषामा पनि भोट मागेका हुन् ।
nepali-for-american-idol_20200217080912
अहिलेसम्म साथ दिएकोमा पनि धेरैलाई उनले धन्यवाद दिएका छन् । पोखरेलले भनेका छन्, ‘मेरो सांगीतिक यात्रामा साथ दिनुहुने सबैलाई धन्यवाद, अमेरिकन आइडलको टप २० पर्फमेन्स प्रिमियर हुँदैछ । यसमा अघि बढ्न मलाई हजुरहरुको भोटको आवस्यकता छ ।
nepali-for-american-idol_20200217080912
तपाईँले टेक्स्ट, वेभसाइटबाट र अमेरिकन आइडल एपबाट भोट गर्न सक्नुहुन्छ । एकजनाले ३० पटक भोट गर्न मिल्छ । यो नबिर्सिनुहोला । धेरै धन्यवाद ।’ पोखरेलले उक्त भिडिओमै अंग्रेजीमा पनि भोट अपिल गरेका छन् । अमेरिकन आइडलको यो उचाइमा पुग्ने दिवेश पहिलो र एक्लो नेपाली गायक हुन् ।
उनले अमेरिकन आइडलमा छानिनुअघि नै केही नेपाली गीत गाएर युट्युब मार्फत सार्वजनिक गरिसकेका थिए । ती गीतमा पनि उनले आफूलाई ‘आर्थर गन’को रुपमा नै चिनाएका थिए ।
पोखरेल काठमाडौंमा हुर्किएर उच्च शिक्षाका लागि अमेरिकामा परिवारका साथ बस्दैआएका छन् । यस बीचमा अमेरिकन आइडलका जज र अन्य प्रभावशाली संगीतप्रेमीले उनको गायनको निकै प्रशंसा गरेका छन् ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167