अमेरिकामा मृत्यु हुनेको संख्या ६० हजार नाघ्यो, इटाली र स्पेनमा दैनिक मृत्यु हुनेको संख्या केही दिनयता घट्दै ! - newsallabc.com
watch+more+videosCHAUTARI+JAN+SEWA+ICON

Wednesday, April 29, 2020

अमेरिकामा मृत्यु हुनेको संख्या ६० हजार नाघ्यो, इटाली र स्पेनमा दैनिक मृत्यु हुनेको संख्या केही दिनयता घट्दै !

अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । बुधबार साँझसम्मको रिपोर्टअनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० हजार ४ सय ९५ पुगेको छ । त्यस्तै त्यहाँ भाइरसबाट संक्रमित हुनेहरुको संख्या १० लाख ४८ हजार ८ सय ३४ पुगेको छ । बुधाबार मात्र अमेरिकामा १३ हजार ६९ जना नयाँ संक्रमित र १२ सय २९ जनाको मृत्यु भएको वल्ड्रोमिटरले जानकारी दिएको छ । 

उता, बेलायतले कोरोना संक्रमणबाट मृत्यु हुनेको संशोधित आँकडामा प्रस्तुत गरेको छ । संशोधित आँकडा अनुसार त्यहाँ मृत्यु हुनेको संख्या २६ हजार ९७ पुगेको छ । त्यहाँ एकैदिन ४ हजार ४ सय १९ जनाको मृत्यु भएको तथ्याँक सार्वजनिक भएको छ । बेलायतका विदेशमन्त्री डोमोनिक रोबले कोरोना भाइरसबारेको दैनिक ब्रिफिङका क्रममा संशोधित आँकडा प्रस्तुत गरेका थिए । यसअघि चीनले पनि निकै पछि उहानमा मृत्यु हुनेहरुको संशोधित तथ्याँक सार्वजनिक गरेको थियो ।

covid19t

त्यस्तै इटाली र स्पेनमा दैनिक मृत्यु हुनेको संख्या केही दिनयता घटेको छ । बुधबार इटालीमा ३ सय २३ जनाको मृत्यु भएको छ भने स्पेनमा ४ सय ५३ जनाको मृत्यु भएको छ । योसहित इटालीमा मर्नेको संख्या २७ हजार ६ सय ८२ पुगेको छ भने स्पेनमा २४ हजार २ सय ७५ पुगेको छ ।  त्यस्तै,विश्वभर मर्नेको संख्या २ लाख २५ हजार ६ सय १५ पुगेको छ भने संक्रमितहरुको संख्या ३१ लाख ८९ हजार ६० पुगेको छ ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167