१६ वर्षपछि दर्पणछाया २ - newsallabc.com

Breaking

Tuesday, March 7, 2017

१६ वर्षपछि दर्पणछाया २

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



चलचित्र दर्पणछाया–२ देशव्यापी रूपमा २७ फागुनबाट प्रदर्शनीमा आउने भएको छ । सो चलचित्रको निर्माण संस्था सहारा फिल्म प्रोडक्सनले सोमबार राजधानीमा पत्रकार भेटघाट आयोजना गरी सो जानकारी गराएको हो । १६ वर्षअघि बनेको सर्वाधिक सफल चलचित्र दर्पणछाया धेरैको मानसपटलमा अहिले पनि ताजै छ । दर्शकको चाहनाअनुसार १६ वर्षपछि फेरि दर्पणछायाको दोस्रो शृंखलाका रूपमा दर्पणछाया–२ निर्माण गरिएको निर्माण पक्षले जनाएको छ ।


यो चलचित्रमा तन्नेरी पुस्ताका कलाकार पुष्पल खड्का, सहारा कार्की, श्रद्धा प्रसार्इं, फिरोज तिमिल्सिना, सुमन घिमिरे एवं निर्देशक तुलसी घिमिरे स्वयं रहेका छन् । आफ्नो अभिनयबारे अभिनेता पुष्पलले भने, ‘फिल्ममा आउनुभन्दा अघि म सम्बन्धित पात्रलाई काल्पनिक रूपमा हेर्ने गर्छु । आपूले कल्पना गरेको भूमिका यो चलचित्रमा पाउँदा खुसी लागेको छ ।’ आपूले यो फिल्ममा सोक्सोफोनिक्स म्युजिसियनको भूमिका निर्वाह गरेको उनले बताए । फिल्ममा सोक्सोफोन बजाउन आपूले प्राक्टिस गरेको पनि उनले बताए ।
यस्तै अभिनेत्री श्रद्धाले यसअघि सामाजिक सञ्जाल युट्युबबाट दक्षिणा र दर्पणछाया हरेर निर्देशक घिमिरेको कामप्रति आकर्षित भएको बताइन् । चलचित्रमा आफ्नो आधुनिक युवतीको सशक्त र ग्लामर भूमिका भएको बताइन् । पहिलो चलचित्र दर्पणछायाजस्तै यसलाई पनि राम्रो बनाउन आपूहरूले त्यत्तिकै मेहनत गरेको उनको भनाइ थियो ।
यस चलचित्रबारे बोल्दै निर्देशक घिमिरेले पत्रकार भेटघाटमा भने, ‘अघिल्लो चलचित्र प्रदर्शनको तीन वर्षपछि दर्पणछाया–२ चलचित्र निर्माण गरेको हुँ । चलचित्र क्षेत्रलाई निरन्तरता दिन पनि यो चलचित्र निर्माण निर्देशन गरेको हुँ ।’
चलचित्र दर्पणछाया–२ अहिलेका पुस्तालाई लक्षित गरेर आपूmले निर्माण गरेको पनि निर्देशक घिमिरेले बताए । दर्पणछाया जसरी डेढ दशकअघि दर्शकको प्रिय सिनेमा बन्यो । दर्पणछायाको यो नयाँ शृंखला पनि त्यत्तिकै राम्रो सिनेमा बनाउन आपूले प्रयास गरेको पनि निर्देशक घिमिरेले बताए ।
यसअघि चलचित्र धुन निर्माण गर्न लाग्दा सो चलचित्रका लागि उपयुक्त निर्माता नपाएको, तर दर्पणछाया–२ बनाउन आपूले राम्रा निर्माता पाएको बताए । उनले नेपाली मौलिक सिनेमा निर्माण घटेकामा चिन्ता व्यक्त गरे ।

दर्पणछायाको यो नयाँ शृंखला सांगीतिक सिनेमा भएको निर्देशक घिमिरेले जानकारी गराए । यस चलचित्रमा रामेश्वर कार्कीको छायांकन, निर्देशक घिमिरेको सम्पादन, रञ्जित गजमेरको संगीत रहेको छ । चलचित्र मुलुकका पाँच दर्जनभन्दा बढी सिनेमा हलबाट प्रदर्शन हुने निर्देशक घिमिरेले जानकारी गराए । 


No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167