Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
काठमाडौ, २४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीको देशभर रहेका २४० निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन आज सम्पन्न भएको छ ।
यही माघ २० गते सुरु गरिएको सो अधिवेशनअन्तर्गत प्राविधिक कारणले हुन नसकेका १८ क्षेत्रमा आज सम्पन्न भएको छ । यसअघि मुलुकका दुई सय २२ क्षेत्रमा अधिवेशन सकिएको थियो । प्रत्येक क्षेत्रबाट नौ जनाको प्रतिनिधित्व कायम गरिएको छ । आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म हुन लागेको महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्नका लागि वडा, गाउा, नगर हुादै क्षेत्रीय अधिवेशन सम्पन्न गरिएको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
तत्कालीन राप्रपा र राप्रपा नेपालबीच गत मङ्सिर ६ गते काठमाडौामा एकीकरण भएपछि पार्टीको तल्लो तहदेखि नै माथिल्लो तहसम्म प्रतिनिधि छनोट गरी बलियो नेतृत्व स्थापित गर्नका लागि सो महाधिवेशन गर्न लागिएको हो । पार्टीका ७५ वटै जिल्लाका लागि मङ्गलबार अधिवेशन गर्न लागिएको छ । एकै दिनमा सक्ने लक्ष्य राखिएको सो अधिवेशन विशेष कारणले सम्पन्न हुन नसकेमा निर्वाचन समितिलाई जानकारी गराएर केही दिन लम्ब्याउन सकिनेछ ।
महाधिवेशनको पूर्वसन्ध्यामा मूल समारोह समिति तथा त्यसअन्तर्गत गठन भएका११ उपसमितिले गरेका प्रगतिका बारेमा समीक्षा गरी जिम्मेवारी थपघट गर्न सकिनेछ । प्रवक्ता श्रेष्ठका अनुसार महाधिवेशन मूल समारोह समितिले निर्धा्रित समयमा महाधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिकानुसार स्थानीय तहमा अधिवेशन सम्पन्न गराएको छ ।

No comments:
Post a Comment