राप्रपा अधिवेशन - दीपक मनांगे मनाङ - अध्यक्ष - newsallabc.com

Breaking

Wednesday, February 8, 2017

राप्रपा अधिवेशन - दीपक मनांगे मनाङ - अध्यक्ष

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार ७४ जिल्लाको अधिवेशन गरेको छ । २९ जिल्लामा सहमतिबाट र ४५ जिल्लामा निर्वाचन भएको छ । बारा जिल्लामा मात्रै अधिवेशन हुन बाँकी छ । निर्वाचन भएका ४५ मध्ये काठमाडौं र डडेल्धुराको नतिजा पनि आइसकेको खबर आजको नयाँ पत्रिकामा छ ।

‘मंगलबार राप्रपाको बाराबाहेकको ७४ जिल्लामा अधिवेशन भए, यसमा ३१ जिल्लाको नतिजा मंगलबार नै आयो,’ राप्रपा प्रवक्ता राजाराम श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘२९ जिल्लामा सहमति र दुई जिल्लाको निर्वाचनबाट नेतृत्व चयन भएका छन् । बाँकीको नतिजा बुधबार आउँछ ।’ आगामी ६ देखि ९ फागुनसम्म काठमाडौंमा राप्रपाको एकता महाधिवेशन हुँदै छ ।
मंगलबार बेलुकासम्म आएको परिणामअनुसार डडेल्धुरा र काठमाडौं जिल्लामा मात्र निर्वाचनबाट अध्यक्ष निर्वाचित भए । जिल्ला कार्यसमितिको बाँकी पदाधिकारी भने अध्यक्षले चयन गर्नेछन् । ३१ जिल्लामा परिणाम आउँदा बहुमत अध्यक्ष थापानिकटका आएको बुझिएको छ ।
दीपक मनांगे मनाङ अध्यक्ष
डन दीपक मनांगे राप्रपाको मनाङ अध्यक्ष भएका छन् । बुधबार काठमाडौंको नयाँबजारमा भएको राप्रपा मनाङको जिल्ला अधिवेशनमा मनांगे सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन भएको राप्रपा प्रवक्ता श्रेष्ठले जानकारी दिए । मनांगे चार सय युवासहित एक महिनाअघि राप्रपा प्रवेश गरेका थिए । हिमाली जिल्ला मनाङमा चिसोका कारण अधिवेशन हुन नसकेकाले काठमाडौंमै गरिएको हो ।

प्रवक्ता श्रेष्ठले कानुनले मनांगेलाई कुनै सजाय नतोकेको भन्दै असल नागरिक भएर जसले पनि राजनीति गर्न पाउने बताए । ‘कानुनले मनांगेलाई सजाय तोकेको छैन । पार्टी जीवनमा प्रवेश गर्छु, भलाद्मी बन्छु, असल नियतले राजनीति गर्छु र असल नागरिक भएर राजनीति गर्छु भन्न जसले पनि पाइन्छ,’ श्रेष्ठले भने, ‘त्यसैले मनांगे राप्रपाको अध्यक्ष हुनुलाई अस्वाभाविक मान्न मिल्दैन ।’  मनांगे सांगठनिक अपराध गरेकोमा पटक–पटक प्रहरीबाट पक्राउ पर्दै छुट्दै आएका छन् । विशेष अदालतमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको छ ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167