Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
काठमाडौं – युरोप, अमेरिका र खाडी मुलुकका लागि नेपाल मानव तस्करीको ‘ट्रान्जिट’ बनेको भन्दै आलोचना भइरहेका बेला बंगलादेशबाट नेपालमा समेत मानवतस्करी हुने गरेको तथ्य खुलासा भएको छ ।
बंगलादेशी, भारतीय र केही नेपाली दलालले नेपालमा आकर्षक काम पाइने प्रलोभन देखाई बंगलादेशीलाई नेपाल ल्याउने गरेका छन्। मानव तस्करले नेपालमा आकर्षक काम र तलब पाउने भन्दै बंगलादेशीलाई नेपाल भित्र्याउने गरेका हुन्। आजको अन्नपूर्ण पोष्टमा खबर छ ।
नेपालमा कामदार नपाएपछि विभिन्न कम्पनीले बंगलादेशीलाई काममा लगाउन थालेका छन्। तस्करको मिलेमतोमा सस्तो कामदारका रूपमा सुन पसल, साडी पसल, गार्मेन्ट र निर्माण कम्पनीले बंगलादेशीलाई भित्र्याइरहेको स्रोतले बताएको छ। कतिपयलाई त दलालले नेपालबाट युरोप छिर्न सजिलो भएको भन्दै ल्याउने गरेका छन्।
बंगलादेशीलाई नेपालसम्म ल्याउन बंगलादेश, भारत र नेपालकै केही दलाल सक्रिय छन्। दलालले त्यस्ता कामदारलाई भारतको कोलकातासम्म ल्याउने र काठमाडौंमा लामो समयदेखि बस्दै आएका बंगलादेशीले नेपाली दलालको सहयोगमा कोलकाताबाट काठमाडौंमा ल्याउने गरेको स्रोतले बताएको छ।
दलालले झापाको काँकडभिट्टा नाका छलेर त्यस आसपासको सीमाबाट बंगलादेशीलाई काठमाडौंसम्म ल्याउने गरेका छन्। त्यसरी आएका बंगलादेशीले प्रतिव्यक्ति कम्तीमा २० हजार रुपैयाँ दलाललाई दिने गरेका स्रोतले बताएको छ।
नेपालमा भूकम्प गएपछि पुनर्निर्माणको काम पाइने भन्दै तस्करले बंगलादेशीलाई ल्याउने क्रम बढेको हो। केही बंगलादेशी उपत्यकाका विभिन्न स्थानमा निजी घर निर्माणमा काम गर्दै आएका छन्। नेपालमा पहिल्यै आएर बसेकाकै संलग्नतामा मानव तस्करी भइरहेको स्रोतले बताएको छ।
राहदानी र प्रवेशाज्ञा नभएका ती बंगलादेशीले अलिकति पैसा कमाएपछि नेपालको नागरिकता र राहदानी बनाउन खर्चिने गरेका छन्। दलालको सहयोगमा नागरिकता र राहदानी बनाउन सफल भए पहिलो रोजाइमा युरोपेली मुलुक र त्यहाँ नभए उनीहरू खाडी जाने गरेका छन्। विदेशीलाई नेपाली नागरिकता र राहदानी बनाउने गिरोह पनि काठमाडौंमै सक्रिय छन्।
नेपालमा ३ हजारभन्दा बढी संख्यामा बंगलादेशी बिनाप्रवेशाज्ञा बस्दै आएको स्रोतले बताएको छ। अध्यामगन विभागले नेपालमा अवैध बसोवास र काम गर्दै आएका विदेशीको अनुगमन गर्ने बताउँदै आए पनि अहिलेसम्म सुरु भएको छैन। अध्यागमनको कमजोर कार्यशैलीका कारण हजारौं अवैध विदेशी कामदार नेपालमा छन्।
यसैबीच अध्यामगन विभागले गत आइबार अवैध रूपमा नेपाल बस्दै आएको आरोपमा पक्राउ परेका ३६ बंगलादेशीलाई जेल चलान गरेको छ। गत आइतबार महानगरीय प्रहरीवृत्त सोह्रखुट्टेले ठमेल र त्यसआसपास क्षेत्रबाट ती बंगलादेशीलाई पक्राउ गरेको थियो।
विभागले उनीहरूलाई भिसा र विलम्ब शुल्कबापत थोरैमा ९ सय ५० र बढीमा ८ हजार ५ सय अमेरिकी डलर तोकिदिएको थियो। उक्त रकम तिर्न नसकेपछि उनीहरूलाई विभागले कारागार पठाएको हो। कागजपत्र नभएका कारण विभागले उनीहरूले नेपाल छिरेको मिति भनेबमोजिम जरिवाना तोकिदिएको हो। मजदुरी गर्दै आएका ती बंगलादेशीले त्यति धेरै रकम तिर्न नसक्ने बताएका थिए।
विभागले मंगलबार अपराह्न उनीहरूसँग सामूहिक बयान लिएको थियो। बयानका क्रममा बंगलादेशबाट दलालले भारतको कोलकाता हुँदै झापाका विभिन्न क्षेत्रबाट नेपाल छिराएको बताएका छन्। उनीहरूले बंगलादेशबाट कोलकातासम्म ल्याउने दलालले नै नेपाल छिराउने गरेको बयान दिएका छन्। दलालले जति माग्यो त्यति रकम दिनुपर्ने उनीहरूले बताएका छन्। अध्यागमन कानुनअनुसार कुनै पनि विदेशी नागरिकले बिना श्रमस्वीकृति काम गर्न पाउँदैनन्।
No comments:
Post a Comment