Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
शनिबार, २९ माघ २०७३, धादिङ- भनिन्छ, सन्तानको सबैभन्दा ठूलो खुसी आमा हो र त्यसपछि बाबु। तर, तिनै आमाबाबुले गरेको गल्तीको सजाय भोग्दैछन् धादिङका पाँच बालबालिका। तोते बोल्न सिक्ने उमेरका उनीहरु जेलभित्रको उकुसमुकुसमा दैनिकी बिताइरहेका छन्। न सभ्य बोली सुन्न पाउँछन् न कखरा सिक्न। उनीहरुको दिन हथकडीले बाँधिएका हात हेरेर बित्छ।
अबोध बालबालिका बाबुआमाको अपराधमा सजाय भोगिरहेका छन् भने अँध्यारो भविष्यले यिनलाई कुरिरहेको छ।
सल्यानटार–१ का दुई वर्षीय सूचक थपलिया १० महिनादेखि कारागारमा छन्। आमा सुस्मिता र बुबा चन्द्रप्रसादले गरेको दोषको सजाय सूचकले पनि भोगिरहेका छन्। आमाबुबा नै अपराधमा संलग्न भएपछि बालबालिकाको रेखदेख गर्ने मान्छे घरमा नहुँदा उनीहरु जेल बस्न बाध्य भएका हुन्।
सेर्तुङ–५ का बादल तामाङ आठ महिनादेखि कारागारमा छन्। बादल दुई वर्षका भए। घर हेरचाह गर्ने कोही नहुँदा कर्तव्यज्यान मुद्दामा तीन वर्षको कैद सजाय भोगिरहेकी आमासँग जेलमा बस्नु बादलको बाध्यता हो।
सूचक र बादलसँगै अर्का एक बालक र दुई बालिका पनि कारागारभित्रै अँध्यारा दिन बिताइरहेका छन्। थाक्रे–९ का मिसन चेपाङ, कटुन्जे–७ की वर्षा विक र लापा–८ की देवीमाया विक पनि आमाले गल्ती गरेका कारण जेलमा आइपुगेका हुन्। तोते बोलीमा कखरा सिक्ने उमेर हो यो उनको, तर दिन जेलमा बिताउँदै छन् उनीहरु। अपराध गरेकै बालबालिकालाई पनि थुनामा नराखेर बालसुधार गृहमा राख्ने कानुनी व्यवस्था छ। तर, यी अबोध बालबालिका बाबुआमाको अपराधमा सजाय भोगिरहेका छन्। अँध्यारो भविष्यले यिनलाई कुरिरहेको छ।
पाँच वर्षमुनिका यी बालबालिका शिक्षा आर्जन गर्ने अधिकारबाट वञ्चित हुनु मानवअधिकार गम्भीर उल्लंघन भएको इन्सेक, धादिङका सीताराम अधिकारीले बताए। बालबालिकालाई जेलमा राख्न नपाउने प्रावधान भए पनि उनीहरुको उद्धारका लागि बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायबाट कसैले चासो देखाएको छैन।
उनीहरु न राम्रोसँग खेल्न पाउँछन् न बाहिरी संसार देख्न। अरुले खेलाएको खेलौनासमेत यी बालबालिकाले देख्न पाएका छैनन्। आमासँगै साँझबिहानको दुई छाक सुक्खा खानाको भरमा छन्।
बालबालिका चिसोले गर्दा बिरामी पर्ने गरेको जिल्ला कारागार धादिङका जेलर मदनकुमार श्रेष्ठले बताए। आमासँगै जेलजीवन बिताइरहेका बालबालिकाले दिनमा एक सयदेखि डेढ सय ग्राम चामल पाउँछन्। जेलर श्रेष्ठले भने, 'आमासँगै खानाबाहेक बच्चाहरुले अरु केही खान पाउँदैनन्।' पाँच जना क्षमता भएको कारागारमा २० महिला राख्नुपरेकाले पनि झनै समस्या भएको उनले बताए। ५ महिला र ३५ पुरुषको क्षमता रहेको धादिङ कारागारमा २० महिला र १ सय ८१ पुरुष कैदीबन्दी छन्।
No comments:
Post a Comment