Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
माघ २८, २०७३- प्रधानसेनापति राजेन्द्र क्षत्रीले आन्तरिक सुरक्षा चुनौतिहरू बढ्दै गइरहेको बताएका छन् । उनले परम्परागतभन्दा फरक खालका सुरक्षा चुनौतीहरू थपिएको बताएका छन् ।
प्रधानसेनापतिले विशेषगरी आन्तरिक सुरक्षा चुनौतीहरु बढ्दै गएको अवस्थामा यसले अर्थतन्त्र, जीव र जलवायु तथा सामाजिक सदभावमा नकारात्मक प्रभाव पार्न सक्ने उल्लेख गरे । उनले हालको सुरक्षा वातावरण परिवर्तनशील, अनिश्चित, जटिल तथा अस्पष्ट रहेको समेत बताए ।
शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा ‘रक्षा र कुटनीतिको माध्यमबाट राष्ट्रिय सुरक्षा अभिवृद्धि’ विषयक एक दिने सम्मेलनमा प्रधानसेनापति क्षत्रीले सुरक्षाबारे गम्भिर चासो व्यक्त गरेका हुन् ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार क्षत्रीले रक्षा र कुटनीतिले राष्ट्रिय सुरक्षा अभिवृद्धिमा खेल्न सक्ने भूमिकाबारे जोड दिएका थिए । उनले जटिल चुनौतीहरूलाई सामना गर्न एकीकृत प्रयास आवश्यक रहेको उल्लेख गर्दै कुटनीति एउटा अति महत्त्वपूर्ण माध्यम रहेको समेत बताएका थिए ।
कार्यक्रममा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपाललाई आर्थिक हिसाबले थप सवल पार्नु पर्ने र यसका लागि सुरक्षाको पनि महत्वपूर्ण भूमिका रहेको बताए । त्यसैगरी, राष्ट्रिय सुरक्षालाई थप मजबुत बनाउन कुटनीतिक सम्बन्धलाई बुद्धिमतापूर्वक प्रयोग गर्नुपर्ने समेत उनले बताए । महतले नेपाली सेनाले विश्व शान्ति स्थापनाको लागि खेलेको भूमिकालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरबाट प्रशंसा गरे ।
तीन चरणमा सम्पन्न भएको सो कार्यक्रम अन्तर्गत पहिलो चरणमा सहभागीहरुले नेपालको सन्दर्भमा कुटनीतिक अभ्यास तथा चुनौतीको विषयमा छलफल गरेका थिए । दोस्रो चरणमा नेपालको सन्दर्भमा सैनिक कुटनीतिको बारेमा छलफल भयो । तेस्रो चरणमा राष्ट्रिय सुरक्षामा रक्षा तथा कुटनीतिक भूमिकाको बारेमा छलफल केन्द्रित रह्यो । सो छलफल कार्यक्रममा सम्बन्धित विषय विज्ञहरु, नेपाली सेनाका अवकाश प्राप्त रथीवृन्द तथा सैन्य जानकार र विज्ञहरुको समेत उपस्थिति रहेको थियो ।
No comments:
Post a Comment