चुनाव लड्न नपाउने : नैतिक पतनकाे कसुरमा सजाय पाए - newsallabc.com

Breaking

Thursday, February 2, 2017

चुनाव लड्न नपाउने : नैतिक पतनकाे कसुरमा सजाय पाए

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.


नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको व्यक्ति स्थानीय तह निर्वाचनमा उम्मेद्वार हुन नपाउने भएको छ। दोस्रो संविधानसभा सदस्य निर्वाचनदेखि बहसमा रहेको विषयलाई संसद्को राज्य व्यवस्था समितिले स्थानीय निर्वाचनमा पनि लागू गर्ने गरी सहमति गरेको हो ।



राज्य व्यवस्था समितिबाट पारित भई बुधबार संसद्मा पेश भएको स्थानीय तह निर्वाचनसम्वन्धी विधेयकको प्रतिवेदन अनुसार जातीय भेदभाव, छुवाछुत र बोक्सीसम्वन्धी कसुरमा सजाय पाएको व्यक्ति समेत सजाय भुक्तान गरेको तीन वर्षसम्म उम्मेद्वार हुन पाउदैन । बहुबिवाह कसुर प्रमाणित भएका व्यक्तिसमेत सजाय भुक्तान गरेको तीन वर्षसम्म स्थानीय निर्वाचनमा उम्मेद्वार हुन पाउनेछैनन् ।

संगठित अपराधमा सजाय पाएका व्यक्ति पनि उम्मेद्वार हुन रोक लागेको छ । कर्तव्य ज्यान कसुरमा २० भन्दा कम सजाय पाई कैद भुक्तान गरेको ६ वर्ष पूरा नभएको व्यक्ति पनि अबको स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्न पाउने छैनन् ।

राज्य व्यवस्था समितिले पारित गरी संसद्मा पेश गरेको विधेयकको दफा १३(च) मा रहेको उम्मेद्वारको अयोग्यतासम्वन्धी व्यवस्थाअनुसार जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपासार, लागूऔषध, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग अपहरणसम्वन्धी कसुर वा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाई त्यो फैसला अन्तिम भएको व्यक्ति उम्मेद्वार बन्न पाउनेछैन ।

प्रचलित कानुनले कसुर मान्ने अन्य कुनै पनि अपराधमा २० वर्ष वा सोभन्दा बढी कैद सजाय पाई फैसला अन्तिम भएको अवस्थाका व्यक्ति पनि निर्वाचनमा उम्मेद्वार बन्न पाउनेछैनन् । यस्तै, संगठित अपराधसम्बन्धी कसुरमा कैद सजाय पाएको व्यक्तिले स्थानीय निर्वाचनमा उम्मेद्वारी दिन पाउने छैनन् ।  

तर, ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम सजाय पाई सजाय भुक्तान गरेको ६ वर्ष पूरा भएपछि भने त्यस्ता व्यक्तिले निर्वाचनमा उम्मेद्वारी दिन सक्नेछन् । जातीय भेदभाव, छुवाछूत, बोक्सी, र बहुविवाह जस्ता आरोपमा कसुर प्रमाणित भई सजाय पूरा गरेको तीन बर्षपछि भने उम्मेद्वार बन्न पाउने व्यवस्थामा सहमति भएको छ । निर्वाचन कसुरसम्वन्धी संघीय कानुन अनुसार कारवाहीमा परेका व्यक्ति त्यस्तो कारवाही भुक्तान गरेको दुई बर्षपछि उम्मेद्वार बन्न सक्छन् । भवितव्यमा परी ज्यान सम्वन्धी अपराधमा सजाय पाएका व्यक्तिको हकमा भने कसुर अनुसार कैद भुक्तान गरेको तीन बर्षपछि निर्वाचनमा उम्मेद्वार बन्न पाउने व्यवस्था कानुनमा हुने भएको छ ।  

प्रतिवेदन संसद्मा पेश
राज्य व्यवस्था समितिको सहमति अनुसारको प्रतिवेदन बुधबार संसदमा पेश भएको छ । समिति सभापति दिलबहादुर घर्तीले समितिको प्रतिवेदन संसदमा पेश गर्नुभएको हो । घर्तीले प्रतिवेदन पेश गरेपछि बैठक विहीबारसम्मका लागि स्थगित भएको छ । सभामुख ओनसरी घर्तीको स्वास्थ्यमा समस्या आएपछि प्रतिवेदन पेश गरेर बैठक स्थगित गरिएको हो । संघीय आकस्मिक कोष र बोनस ऐन संशोधन विधेयकलार्इं दफावार छलफलमा पठाउने सम्भावित कार्यसूचीबाट हटाइएको थियो ।

नरहरि आचार्य एक वर्षपछि संसदमा
यसैबीच, हृदयघातका कारण लामो समयसम्म आराम गरिरहनुभएका कांग्रेस सांसद् नरहरि आचार्य बुधबारबाट संसद्को काम कारवाहीमा सहभागी हुनुभएको छ । चिकित्सकको सल्लाह अनुसार सहयोगीको साथ लिएर सार्वजनिक जीवनमा फर्किएको आचार्यले बताउनुभयो ।

गत वर्ष फागुन २६ गते तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधन भएकै दिन आचार्यलाई हृदयघात भएको थियो । हृदयघातपछि चिकित्सकको निगरानीमा रहेका उहाँ लामो समयसम्म सार्वजनिक कार्यक्रममा उपस्थित हुन सक्नुभएको थिएन ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167