- हेडसरहरू सफल विद्यालय खोज्दै - - newsallabc.com
watch+more+videosCHAUTARI+JAN+SEWA+ICON

Sunday, February 12, 2017

- हेडसरहरू सफल विद्यालय खोज्दै -

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.


फाल्गुन १, २०७३- दोलखाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू आफ्ना विद्यालय सुधार्न मुलुकका सफल विद्यालयको अध्ययनमा निस्केका छन् । सफल विद्यालयको राम्रा पक्ष बुझ्न दोलखाका ३९ प्रधानाध्यापक मंगलबार अध्ययन भ्रमणमा निस्केका हुन् । 
pricipal

प्रधानाध्यापकहरूको टोलीमा जिल्लाका विद्यालय निरीक्षक, स्रोत व्यक्ति, शिक्षा अधिकारी, शिक्षा समितिका पदाधिकारी, शिक्षक संघ–संगठनका पदाधिकारी र सांसदसमेत छन् । दोलखाका ८४ माविमध्ये ४२ वटामा कक्षा ११ र १२ सम्म पढाइ हुन्छ । अध्ययन भ्रमणमा कक्षा ११ र १२ सञ्चालित माविका प्रधानाध्यापकलाई सहभागी गराइएको छ । प्रधानाध्यापक प्रशासक मात्रै भएपछि विद्यालयको व्यवस्थापन राम्रो बनाउन भ्रमण गराइएको शिक्षा कार्यालयले जनाएको छ । 
प्रधानाध्यापकहरूको समूहले शुक्रबारसम्म काठमाडौंका दुई, तनहुँका दुई, कास्कीको तीन, स्याङ्जाको एक, बुटवलका एक र नवलपरासीका एक वटा सफल विद्यालय अवलोकन गरेका छन् । कालीनाग मावि सुनखानीका प्रधानाध्यापक रामबहादुर सिवाकोटीले भने, ‘हामीले के गरिरहेका छौं ? अरूले के गरिरहेका छन् ? अरूबाट सिकेर आफ्नो विद्यालय सुधार्न चाहन्छौं ।’
आफ्नो विद्यालय सुधार गर्न अरूले गरेको राम्रो प्रयास सिक्न निस्केको दोलखा कुटिडाँडा माविका प्रधानाध्यापक शंकरलाल श्रेष्ठले बताए । ‘अन्य विद्यालयको रामो पक्ष के हो ? कसरी सम्भव हुन्छ ? सिकेर आफ्नो विद्यालयमा लागू गर्न खोजेका छौं,’ उनले भने, ‘केही पक्ष हाम्रो पनि राम्रो छ । अरू विद्यालयबाट पनि धेरै सिक्नुपर्नेछ । कक्षाकोठा व्यवस्थापन, समुदायसँग सहकार्य अरू विद्यालयको राम्रो पक्ष रहेछ ।’ 

पशुपति कन्या माविका प्रधानाध्यापक गोविन्दनारायण मानन्धरले अभिभावकको सक्रियता र शिक्षकको मिहिनेतले मात्रै विद्यालय सुधार गर्न सकिने सफल विद्यालयको अवलोकनबाट सिकेको बताए । दोलखाका सांसद पार्वत गुरुङले जिल्लाका सबै माविहरूको शिक्षाको गुणस्तर सुधार्न प्रधानाध्यापकहरूलाई भ्रमण योजना बनाएपछि निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट चार लाख विनियोजन गरेको बताए । दोलखाका दुई निर्वाचन क्षेत्र विकास कार्यक्रम र भ्रमणमा सहभागी विद्यालयबाट पाँच हजार रुपैयाँ सहयोग लिएर सफल अभ्यासको अवलोकन गराइरहेको दोलखाका जिल्ला शिक्षा अधिकारी नारायण काशीछवाले बताए । जिल्लाका सामुदायिक विद्यालय सुधार्न निस्केको अध्ययन टोलीले राम्रा विद्यालयको उपलब्धि, असल अभ्यास, शैक्षिक, प्रशासनिक, भौतिक र आर्थिक व्यवस्थापनको पाटो अध्ययन गरिरहेको उनले बताए । ‘कक्षामा विद्यार्थी बढाउने उपाय, नयाँ काम, विद्यालय र समुदायको सम्बन्ध बुझिरहेका छौं,’ स्रोत व्यक्ति दुर्गालाल साहले भने, ‘यो भ्रमणले जिल्लाको सिकाइमा पक्कै सुधार ल्याउनेछ ।’ 
जिल्लाका सामुदायिक विद्यालय सुधार्न दलका नेताहरू पनि लागिपरेको यो भ्रमणले देखाएको छ । 
‘हेडसरहरूलाई मात्रै पठाए पनि हुन्थ्यो । उहाँहरूले के देख्नुभयो ? भ्रमणबाट फर्केर आफ्नो विद्यालयमा लागू गर्नुभयो कि भएन ? खबरदारी गर्न पनि आफैं निस्केका हौं,’ सांसद गुरुङले भने । निजी र सामुदायिक विद्यालयबीच गुणस्तरको दूरी पुरेर सामुदायिकलाई निजीसरह बनाउने प्रयास गरेको उनले बताए । गाउँका विद्यालय छाडेर सहरमा भर्ना हुने क्रम बढ्दो छ । गाउँको विद्यालय सुधार गरेर विद्यार्थी फर्काउने प्रधानाध्यापकहरू बताउँछन् । प्रअहरूले केही सिकेर आफ्नो विद्यालय सुधार्न सक्छन भनेर निर्वाचन क्षेत्र विकासको बजेट छुट्याएको बताउँदै सांसद आनन्द पोखरेलले स्रोत व्यक्ति जिम्मेवार नभएकै कारण विद्यालय सुधार हुन नसकेको आरोप लगाए । 
अर्का सांसद पशुपति चौलागाईंले यो भ्रमणले जिल्लाका सामुदायिक विद्यालयमा सुधार हुन सक्ने बताए । उनले प्रधानाध्यापकहरूलाई दलको पछि लाग्न छाडेर विद्यालय सुधार्न आग्रह गरे । ‘एमाले, कांग्रेस, माओवादी भनेर जिन्दावाद भन्दै हिँड्नु पर्दैन,’ काठमाडौंमा प्रधानाध्यापकहरूको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘विद्यालय राम्रो बनाउन नसक्नेले भोट माग्दा उल्टै भोट घट्छ । विद्यालय राम्रो बनाउनुभयो भने कसलाई भोट हालौं भनेर तपाईंलाई नै सोध्छन् । त्यसैले पहिला विद्यालय सुधार्नुस् ।’

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167