Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
पाँचौ इनास यूरोप महादेशस्तरीय नृत्य र दोश्रो यूरोप महादेश स्तरीय गायन प्रतियोगिता डेनमार्कमा हुने ।
आगामी २०१७ को अप्रिल १३ र १४ को दिन डेनमार्कको राजधानी कोपेनहेगनमा आयोजना हुने पाँचौं यूरोप महादेश स्तरीय सम्मेलन (5th INAS Europe Continental (Regional) Meeting 2017) सहितको बृहत कार्यक्रम अन्तर्गत पाँचौ युरोपस्तरीय नृत्य (5th INAS EU Single Dance Competition 2017) र दोश्रो युरोपस्तरीय गायन प्रतियोगिता (2nd INAS EU Single Singing Competition 2017) को नियम र सम्पर्क ब्यक्ति (contact persons) हरुको नामावली सार्वजनिक गरिएको छ। बेल्जियम, जर्मनी, फ्रान्स, नेदरल्याण्ड, पोल्याण्ड, चेक गणतन्त्र, पोर्चुगल, स्पेन, इटाली, यूके, डेनमार्क, स्वीडन, स्विट्जरल्याण्ड, नोर्वे, फिनल्याण्ड लगायतका मुलुकहरुको कलाकार, साहित्यकार, कला साहित्यप्रेमीहरु, कूटनैतिक निकायका पदाधिकारीहरु र विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थितिमा आयोजनाहुने यस कार्यक्रममा नृत्य तथा गायन प्रतियोगितामा सहभागी हुन चाहने कलाकारहरुले तल उल्लेखित नियमहरुको पालना गर्नुपर्ने छ। साथै प्रतियोगितामा भाग लिन इच्छुक कलाकारहरुले निम्न उल्लेखित संपर्क ब्यक्तिहरुसंग सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ।
नृत्य प्रतियोगितासम्बन्धी नियमहरु यसप्रकार हुनेछन:
१) प्रतियोगीले आफ्नो नृत्य नेपाली भाषाको गीतमा प्रस्तुत गर्नुपर्नेछ ।
२) नृत्य एकल हुनुपर्नेछ ।
३) प्रतियोगीले आफूले नृत्य गर्ने गीत आफैले छनौट गर्नुपर्नेछ ।
४) प्रतियोगितामा महिला वा पुरुष दूवैले भाग लिन पाउनेछन ।
५) प्रतियोगितामा प्रतियोगीको कम्तिमा १३ वर्ष वा सो भन्दा माथि हुनुपर्नेछ ।
६) प्रतियोगितामा ब्यक्तिगत वा संस्थागतरुपमा भाग लिन पाईनेछ । तर संस्थागत प्रतियोगीको हकमा भने संस्थागत-पत्र हुनु जरुरी छ ।
७) नृत्य गर्ने गीतको समय बढिमा ३ (तीन) मिनेटको हुनुपर्नेछ ।
८) नृत्य गर्दा चाहिने सम्पूर्ण आवश्यक सामाग्री प्रतियोगी आफैले व्यावस्था गर्नुपर्नेछ ।
९) प्रतियोगीले लोक (झ्याउरे, टप्पा, मारुनी, सोरठी, चुट्का, देउडा, हुट्क्यौली आदि लगायतका नेपालका सबै लोक नाचहरु तथा मन्जुश्री, कुमारी, भैरव, साकेला, घाटु लगायतका परम्परागत लोक नाच तथा लोक भाकामा बनाइएका नेपाली चलचित्रका लोक गीतहरु ईत्यादि) र आधुनिक(नेपाली पप, आधुनिक,जाज(Jazz), ब्रेक र रिमिक्स जस्ता आधुनिक गीतहरु) गरि दूई ओटा विधाका गीतमा अनिवार्य नृत्य गर्नुपर्नेछ ।
१०) प्रतियोगितामा भाग लिन चाहनु हुने प्रतियोगिले २ वटा पासपोर्ट साईजको फोटोसहित आयोजकद्वारा उपलब्ध गराईने फाराम भरि बुझाउनुपर्नेछ । दरखास्त फाराम तोकिएका संपर्क व्यक्तिहरु तथा युरोप स्थिति अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) का राष्ट्रिय समितिहरुबाट निशुल्क प्राप्त गर्न सकिनेछ ।
११) एक देशबाट बढिमा दुई जनासम्म प्रतियोगीहरुले प्रतियोगितामा भाग लिन पाउनेछन। तर आयोजक राष्ट्रबाट भने साबिक बमोजिम बढिमा ३ जना प्रतियोगीले भाग लिन पाउनेछन।
१२) प्रतियोगिले प्रतियोगिताको लागि छनौट गरेको गीतको बोलसम्वन्धी सम्पूर्ण जानकारी निवेदनका साथ उपलब्ध गराउनुपर्नेछ ।
१३) प्रतियोगीले आवेदन फारामका साथमा आवेदन शूल्क वापत यूरो ३५ (युरो पैतीस) बुझाउनु पर्नेछ ।
१४) सहभागिताको लागि निवेदन दिने अन्तिम मिति ५ मार्च २०१७ (5 March, 2017) सम्म हुनेछ ।
१५) प्रतियोगितामा भाग लिनुहुने प्रतियोगी कुनै कारणले प्रतियोगितामा भाग लिन नसक्ने भएमा प्रतियोगिता प्रबेश शुल्कको रुपमा लिएको दस्तुर फिर्ता गरिने छैन ।
१६) मादक पदार्थ सेवन गरेर आउने प्रतियोगीलाई प्रतियोगितामा समावेश गरिने छैन ।
१७) प्रतियोगितामा भाग लिने प्रतियोगिलाई १३ र १४ अप्रिल गरी दुई दिन खाने र बस्ने व्यवस्था गरिनेछ । तर अन्य सम्पूर्ण व्यवस्था प्रतियोगी आफैले गर्नुपर्नेछ ।
१८) नृत्यको मूल्याङ्कन गर्दा गीत अनुसारको भेष-भुषा, हाउ-भाउ, सुरुवात र अन्त्य लगायातलाई आधार मानिनेछ ।
१९ ) प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने कलाकारलाई ‘इनास युरोप नेपाली डन्सिङ्ग स्टार २०१७ (INAS Europe Dancing Star 2017)’ ‘इनास युरोप नेपाली डान्सिङ्ग स्टार फस्ट रनर अप २०१७ (INAS Europe Dancing Star 1st Runner up 2017) ‘ र ‘इनास युरोप नेपाली डान्सिङ्ग स्टार सेकेन्ड रनर अप २०१७ ‘ (INAS Europe Dancing Star 2nd Runner up 2017) को विशेष उपाधि सहित क्रमश: ७०१ युरो (युरो सात सय एक), ५०१ युरो (युरो पाँच सय एक) र ३०१ युरो (युरो तीन सय एक) नगद, ट्रफी र प्रमाण-पत्र प्रदान गरिने छ भने अन्य सम्पूर्ण सहभागी कलाकारहरुलाई उच्च कदर गर्दै मायाको चिनो (token of love) स्वरुप ट्रफी र प्रमाण-पत्र प्रदान गरिनेछ । साथै बिजयीहरुलाई इनास आफैलेआयोजना गर्ने वा अन्य राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरुमा नृत्य प्रस्तुतिको लागि अवसर प्रदान गरिनेछ र चलचित्र, म्यूजिक भिडियोहरुमा समेत अभिनयको लागि अवसर प्रदान गर्ने सम्बन्धमा आवश्यक पहल गरिनेछ।
२०) प्रतियोगीताको मूल्यांकन र निर्णयको लागि एक निर्णायक समिति रहनेछ र उक्त समितिले गरेको निर्णयनै अन्तिम निर्णय हुनेछ ।
गायन प्रतियोगितासम्बन्धी नियमहरु यसप्रकार हुनेछन:
१. प्रतियोगीले गाउने गीत नेपाली भाषामा हुनुपर्नेछ।
२. गायन एकल हुनुपर्नेछ।
३. प्रतियोगीले आधुनिक र लोक गरि दूई ओटा गीतहरु गाउनुपर्नेछ।
४. प्रतियोगीलाई एउटा गीत प्रस्तुत गर्न बढिमा ३ मिनट समय प्रदान गरिनेछ।
५. आधुनिक गीत म्युजिक ट्रयाकमा गाउन सक्नेछन। तर लोक गीत भने प्रत्यक्ष वाद्यवादनमा गाउनुपर्नेछ।
६. प्रतियोगीहरुले प्रस्तुत गर्ने गीत आफैले छनौट गर्नुपर्नेछ ।
७. कम्तिमा १३ वर्ष पूरा भएका नेपाली भाषी महिला तथा पुरुष जो सुकैले पनि प्रतियोगितामा भाग लिन पाउनेछन् ।
८. प्रतियोगितामा व्यक्तिगत वा संस्थागत रुपले भागलिन पाइनेछ। तर संस्थागत प्रतियोगीको हकमा भने संस्थागत-पत्र हुनु जरुरी छ ।
९. लोक गीतको लागि वाद्यवादन (मादल र हारमोनियम वा किबोर्ड मध्ये एक) आयोजकबाट उपलब्ध हुनेछ। तर आधुनिक गायनको लागि आफूले गाउने गीतको म्युजिक ट्रयाकको ब्यबस्था प्रतियोगी आँफैले गर्नुपर्नेछ ।
१०. एक देशबाट बढिमा दुई जनासम्म प्रतियोगीहरुले प्रतियोगितामा भाग लिन पाउनेछन। तर आयोजक राष्ट्रबाट भने साबिक बमोजिम बढिमा ३ जना प्रतियोगीले भाग लिन पाउनेछन।
११. प्रतियोगितामा भाग लिन चाहनुहुने प्रतियोगिले २ वटा पासपोर्ट साईजको फोटोसहित आयोजकद्वारा उपलब्ध गराईने फाराम भरि दरखास्त दिनुपर्नेछ । दरखास्त फाराम सम्बन्धित देशमा रहेका इनास राष्ट्रिय समितिहरु वा तोकिएका संपर्क व्यक्तिहरुबाट निशुल्क प्राप्त गर्नसकिनेछ ।
१२. प्रतियोगीले आवेदन फारमका साथमा आवेदन शूल्क वापत यूरो ३५ (युरो पैतीस) बुझाउनुपर्नेछ ।
१३. प्रतियोगिले प्रतियोगिताको लागि छनौट गरेको गीतको बोल सम्बन्धी सम्पूर्ण जानकारी निवेदनका साथ उपलब्ध गराउनुपर्नेछ ।
१४. सहभागिताको लागि निवेदन दिने अन्तिम मिति ५ मार्च २०१७ (5 March, 2017) सम्म हुनेछ ।
१५. प्रतियोगितामा भाग लिनुहुने प्रतियोगी कुनै कारणले प्रतियोगितामा भाग लिन नसक्ने भएमा प्रतियोगिता प्रबेश शुल्कको रुपमा लिएको दस्तुर फिर्ता गरिने छैन ।
१६. मादक पदार्थ सेवन गरेर आउने प्रतियोगीलाई प्रतियोगितामा समावेश गरिने छैन ।
१७. प्रतियोगितामा भाग लिने प्रतियोगिलाई १४ र १५ अप्रिल गरी दुई दिन खाने र बस्ने व्यवस्था गरिनेछ । तर अन्य सम्पूर्ण व्यवस्था प्रतियोगी आफैले गर्नुपर्नेछ ।
१८. गायनको मूल्याङ्कन गर्दा गीत अनुसारको सुर, ताल-नोटेशन, टाइमिङ्ग लगायतका गायन प्रतियोगिता मूल्यांकन सम्बन्धी प्रचलित नियमलाई आधार मानिनेछ ।
१९. प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने कलाकारलाई ‘इनास युरोप नेपाली सिङ्गिङ स्टार २०१७’ (INAS Europe Singing Star 2017) ‘इनास युरोप नेपाली सिङ्गिङ स्टार फस्ट रनर अप २०१७ (INAS Europe Singing Star 1st Runner Up 2017) ‘ र ‘इनास युरोप नेपाली सिङ्गिङ स्टार सेकेन्ड रनर अप २०१७ (INAS Europe Singing Star 2nd Runner Up २०१७)’ को विशेष उपाधि सहित क्रमश: ७०१ युरो (सात सय एक), ५०१ युरो (युरो पांच सय एक) र ३०१ युरो (युरो तीन सय एक) नगद, ट्रफी र प्रमाण-पत्र प्रदान गरिनेछ भने अन्य सम्पूर्ण सहभागी कलाकारहरुलाई उच्च कदर गर्दै मायाको चिनो (Token of love) स्वरुप ट्रफी र प्रमाण-पत्र प्रदान गरिनेछ । साथै बिजयीहरुलाई इनास आफैले आयोजना गर्ने वा अन्य राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरुमा गायन प्रस्तुतिको लागि अवसर प्रदान गरिनुका साथै चलचित्र, म्यूजिक भिडियोहरुमा समेत गायनको लागि अवसर प्रदान गर्ने सम्बन्धमा आवश्यक पहल गरिनेछ।
२०. प्रतियोगीताको मूल्यांकन र निर्णयको लागि एक निर्णायक समिति रहनेछ र उक्त समितिले गरेको निर्णयनै अन्तिम निर्णय हुनेछ ।
पाँचौ ईनास युरोपस्तरीय एकल नृत्य प्रतियोगिता तथा प्रथम ईनास युरोपस्तरीय एकल गायन प्रतियोगिताको लागि आधिकारिक सम्पर्क व्यक्ति (contact persons) हरुको रुपमा मनोनयन हुनुभएका पदाधिकारीज्यूहरुको नामावाली यसप्रकार छ।
श्री जिबन भट्टराई (स्विट्जरल्याण्ड) (+४१) ७८८७४८५८६
श्री सुभाष सुन्दास (स्विट्जरल्याण्ड) (+४१)७८८५५८३९९
श्री निता कपुर (स्विट्जरल्याण्ड) (+४१)७८६१६३४३३
श्री गौरी गुभाजू (स्विट्जरल्याण्ड) (+४१) ७९६७२२८१२
श्री कमला दाहाल (जर्मनी) (+४९) १५७५८४७१३७५
श्री सुनील हमाल (+४९)१७६६२२८२८९८
श्री सुनील गुरुङ्ग (जर्मनी) (+४९) १५२० ६४९८३३३
श्री सोनिया श्रेष्ठ (जर्मनी) (+४९) १५७८ २८३१५०९
श्री पुरुषोत्तम भट्टराई (स्पेन) (+३४) ६३२७६६४९१
श्री प्रकाश तिवारी (स्पेन) (+३४)६३१४२८५०६
श्री संजय बिक्रम शाह (स्पेन) (+३४) ६३१४४२९२७
श्री मित्रलाल पार्दे (पोल्याण्ड) (+४८) ७२९५८९५३९
श्री श्रीकृष्ण न्यौपाने (पोल्यान्ड) (+४८) ५१७२८१४६२
श्री दिपेन्द्र भण्डारी (इटाली) (+३९) ३२९ ०४७२७२४
श्री पवन गुरुङ (इटाली) (+३९) ३२९०९३२८४
श्री मनीष कुमार श्रेष्ठ (यूके) (+४४)७४२८७३३७०८
श्री सनम कुमार बैराग (यूके) +४४)७४४५८७१३७५
श्री बालकृष्ण श्रेष्ठ (फिनल्याण्ड) (+३५)८५०५०६१४००
श्री प्रतिष्ठा मिश्र (फिनल्याण्ड) (+३५)८४४२७१०३३६
श्री हेमन्त उपाध्याय(फ्रान्स) (+३३)१४२०९६६३२
श्री श्याम श्रेष्ठ (बेल्जियम) (+३२)४८५९२७७६०
श्री अनुजा प्रधान (बेल्जियम) (+३२) ४७१३०७४६३
श्री बिनीता रिमाल (बेल्जियम) (+३२) ४८५५६८९६१)
श्री टिका निरौला (बेल्जियम) (+३२) ४८५५०६८४१)
श्री सन्त कुमार थापा मगर (डेनमार्क) (+४५) ४२६४७३३६
श्री रबिन्द्र खड्का (डेनमार्क) (+४५) ४२३७२४९२
श्री राजमान तामाङ्ग (डेनमार्क) (+४५)२७५९९२२२
श्री कृष्ण प्रसाद सुबेदी (डेनमार्क) (+४५)७१ ५८ २६ ०६
श्री अर्पण पोखरेल (नेदरल्यान्ड्स) (+३१) ६४३९८०२७१
श्री सरिता हुमागाईं (नेदरल्यान्ड्स) (+३१) ६८७८६१२२९
श्री तुलसी लम्साल (पोर्चुगल) (+३५) १९२००७०१८०
श्री बैकुण्ठ रायमाझी (चेक रिपब्लिक) (+४२०)७७७५२३५०१
श्री किशोर रायमाझी (चेक रिपब्लिक) (+४२०) ७७७ ६१ ३८०२
कार्यक्रम सम्बन्धी अन्य जानकारीको लागि ईनास युरोप संयोजक, सहसंयोजकज्यूहरु तथा इनास डेन्मार्कका उपाध्यक्ष, महासचिव,सचिव, कोषाध्यक्ष, सदस्यहरु लगायत सम्पूर्ण पदाधिकारीज्यूहरु, यूरोप स्थित राष्ट्रिय समितिका पदाधिकारीज्यूहरु र ग्लोबल प्रतिनिधिज्यूहरुका साथै info@inasdenmark.dk, inaseurop@gmail.com,, iartistsociety@gmail.com मा समेत इमेल गरी सम्पर्क गर्न सकिने व्यहोरा सबैमा जानकारी गराउदछौं ।
No comments:
Post a Comment