Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
२८ माघ, काठमाडौं । मन्त्रिपरिषद् वैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद एक वर्ष थप गरेको समाचारलाई प्रायः दैनिक पत्रिकाहरुले फ्रन्टपेजमा छापेका छन् ।
अन्नपूर्ण पोस्ट् दैनिकले दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालका खेलाडीले कीर्तिमानी राखेकोलाई मुख्य समाचार बनाएको छ । त्यस्तै उपाध्यक्षसहित नेपाल बारका ३ सय ३८ जना वकिलले राजीनामा दिएको समाचारलाई पनि महत्वपूर्ण स्थान दिएको छ ।
मिर्गौलापीडितको व्यथालाई मुख्य समाचार बनाएको नागरिक दैनिकले माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सर्वोच्च अदालतले प्रहरीलाई ताकेता गरेको समाचारलाई प्राथमिकता दिएको छ ।
कान्तिपुर दैनिकमा एक वर्षपछि एमाले र मधेशी मोर्चाका नेताबीच संवाद भएको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।
नाता प्रमाणितमा डीएनए मात्रै प्रमाण नहुने गरी सर्वोच्च अदालतले नयाँ नजिर स्थापित गरेको समाचारलाई महत्व दिएको राजधानी दैनिकले तीन प्रतिशत थ्रेस होल्ड राख्न चार दलमात्रै सहमत भएको समाचारलाई एंकर बनाएको छ ।
गोरखापत्र दैनिकले स्थानीय तह पुनर्संरचना विवाद अन्त्य गर्न प्रमुख दलले कार्यदललाई सुझाव दिएको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।
No comments:
Post a Comment