Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
काठमाडौं, (नेस)
अमेरिकाको संसद्मा डीभी भिसा बन्द गर्न रिपब्लिकन सिनेटरहरूले एक विधेयक दर्ता गराएका छन्। अमेरिकाले हरेक वर्ष विभिन्न देशबाट डीभीमार्फत ५० हजार विदेशीलाई लिँदै आएकोमा डीभी भिसा बन्द गर्न आग्रह गर्दै रिपब्लिकन सिनेटर टम कटन र डेविट पडर््युले आप्रवासीको संख्या बन्द गर्नुपर्ने भन्दै उक्त विधेयक दर्ता गराएका हुन्।
‘बलियो रोजगारीका लागि अमेरिकी अध्यागमनै’ नाम दिइएको विधेयक पास भएमा ५० हजार विदेशीले अमेरिका जान पाउने सपना चकनाचुर हुनेछ भने हरेक वर्ष अमेरिकाले प्रदान गर्दै आएको ग्रिनकार्डसमेत प्रभावित हुनेछ। राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा ल्याइएको उक्त विधेयक लगभग पारित हुने अवस्थामा रहेको छ। यो विधेयक पास भयो भने त्यसबाट नेपालीसमेत प्रभावित हुनेछन्।
अमेरिकी सरकारले सन् १९९० बाट शुरु गरेको यो कार्यक्रममार्फत आप्रवासीहरूलाई विभिन्न सुविधा दिएर स्थायी बसोबास प्रदान गरिँदै आएको थियो। सिनेटरहरूले विदेशीलाई स्थायी बसोबासको सुविधा दिएर अमेरिका ल्याएपछि अमेरिकीहरूले रोजगारीको अवसर गुमाएकाले उक्त विधेयक ल्याउनुपरेको दाबी गरेका छन्। बितेको १० वर्षमा अमेरिकामा ५ लाख विदेशीले स्थायी बसोबासको अनुमति पाएका छन्।
No comments:
Post a Comment