रारामा : मन्त्रिपरिषद् बैठक गर्ने सरकारकाे तयारी - newsallabc.com

Breaking

Friday, February 3, 2017

रारामा : मन्त्रिपरिषद् बैठक गर्ने सरकारकाे तयारी

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.



काठमाडाैं– सरकारले मध्यपश्चिम क्षेत्रको सुन्दर पर्यटकीय नगरी रारामा पहिलोपटक मन्त्रिपरिषद् बैठक गर्ने तयारी गरेको छ। नेपालको पर्यटनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रवर्द्धन गर्न र समग्र देशको पर्यटनलाई सकारात्मक सन्देश दिन उक्त क्षेत्रमा छिट्टै मन्त्रिपरिषद्को बैठक राख्ने तयारी गरिरहेकाे प्रधानमन्त्री पुष्पकमल दाहालले बताए।

“पर्यटन व्यवसायीको मागअनुसार मैले रारामा एउटा क्याबिनेट राखेर विश्वव्यापी प्रचार गर्ने तयारी गरेको छु,' उनले भने, 'म दुई पटक रारा पुगेको छु, त्यहाँ अन्तर्राष्ट्रियस्तरको होटल बनाउने प्रक्रिया पनि अघि बढाइँदैछ, रारा पुग्ने बाटो पनि बनिरहेको छ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल

प्रधानमन्त्रीकै अध्यक्षताको पर्यटन परिषद्को बैठक छिट्टै बसेर पर्यटन विकासका एजेण्डा सम्बोधन गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्। नेपाल पर्यटन व्यवसायी सङ्गठनको एकता भेलालाई आज यहाँ सम्बोधन गर्दै शुक्रबार उनले यस्ताे बताएका हुन्। अब छिट्टै नै नेपालको पर्यटन क्षेत्रमा क्रान्ति आउने उनले बताए। 

“पर्यटन पूर्वाधारका संरचना निर्माण भइरहेकाले अब छिट्टै नै मुलुकको पर्यटन क्षेत्रमा आर्थिक क्रान्ति हुन्छ,” उनले भने, “छिट्टै नै नेपालको पर्यटन क्षेत्रमा क्रान्ति आउँदैछ भन्ने मैले देखेको छु, किनकी त्यो क्रान्तिका लागि आवश्यक पूर्वाधार धमाधम बनिरहेका छन्। उत्तरतर्फ हिल्सा र कोरला नाका खुल्दैछन्, त्यसले तिब्बती पर्यटक बढ्नेछन् भने अर्कोतर्फ काठमाडौँ–केरुङ रेल्वे सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको छ, अन्य सडक निर्माण पनि तीव्र गतिमा अघि बढेको छ, यसले पर्यटन प्रवर्द्धनका लागि राम्राे परिस्थिति निर्माण गर्दैछ ।”

उत्तर दक्षिण कोरिडोर धमाधम निर्माण भइरहेको र पूर्वपश्चिम रेल्वे निर्माणको काम पनि अघि बढ्ने प्रक्रियामा रहेकाले पर्यटकीय पूर्वाधार द्रुत गतिमा अघि बढेको उल्लेख गर्दै उनले प्राकृतिक, भौगोलिक, सांस्कृतिक विविधताले भरिपूर्ण नेपालमा अबको आठ/दश वर्ष भित्रै पर्यटन थामिनसक्नु हुने बताए।

पर्यटनका अथाह यिनै सम्भावनालाई मध्यनजर गरी सकारात्मक सोचका साथ एकताबद्ध ढङ्गले अघि बढ्नुपर्नेमा उनले जाेड दिए। राजनीतिकस्थिरता कायम गरी सकारात्मक सोचका साथ अघि बढ्नसके पर्यटन अनन्तकालसम्म जानसक्ने र यसले नेपाललाई संसारकै समृद्ध राष्ट्रका रुपमा स्थापित गर्न सक्ने विश्वास उनले व्यक्त गरे।

नेपालमा बृहत् रुपमा सम्पर्क सञ्जाल बढिरहेको र हवाईमार्ग, सडकमार्ग तथा रेलमार्ग सञ्चालन छिमेकी देश भारत र चीनलाई पनि आवश्यक भएकाले यसबाट मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्ने पनि उनले बताए।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167