Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
२१ माघ । ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले अलैंचीसँग बिजुली साट्न सुदूर पूर्वका जनतासँग प्रस्ताव राखेका छन् ।
ताप्लेजुङमा पार्टी कार्यकर्ताहरुसँगको भेटघाटमा शर्माले अलैंचीबाट प्राप्त आम्दानीबाट जलविद्युतमा शेयर लगानी गर्न आग्रह गरे । ‘तपाईहरुसँग मेरो एउटा प्रस्ताव छ, अलैंचीसँग बिजुली साटौं, तपाईको जीवनस्तरमा नसोचेको सुधार आउनेछ’ उनले भने, ‘यस क्षेत्रमा उत्पादन हुने अलैंचीले तपाईलाई जलविद्युतको मालिक बनाउनेछ ।’
ऊर्जा मन्त्रालयले नेपालको पानी जनताको लगानी कार्यक्रम अघि सारेको भन्दै उनले जलविद्युतमा शेयर लगानी गरेर धनी हुन आव्हान गरे । कार्यकर्ताको व्यवस्थापन र जनताको जीवनस्तर सुधार गर्ने क्रमको शुरुवात हाइड्रो पावरबाट गर्न सकिने उनले बताए ।
देशलाई विद्युतीकरणको उत्कर्षमा पुर्याएर विकास गर्न सके मात्र राष्ट्रिय स्वाभिमान जोगाउन सकिनै भन्दै उर्जामन्त्री शर्माले समृद्धि विनाको स्वाभिमानको नारा हवाई कल्पना मात्र भएको टिप्पणी गरे ।
No comments:
Post a Comment