Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
काठमाडौ– बैंकहरुको जथाभावी लगानी, नियमक निकाय राष्ट्र बैंकको कमजोर नियमन र बैंकहरुको अनुत्पादक क्षेत्रप्रतिको बढ्दो आकर्षणका कारण मुलुकका बैंक तथा वित्तिय संस्थाहरुमा कर्जायोग्य तरलताको चरम अभाव भएको छ । जसले गर्दा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव खडिकएको छ । बैंक तथा वित्तिय संस्थाहरुको आकर्षण विशेषगरी गाडी तथा घरजग्गामा बढ्दा यो समस्या आएको सरोकारवालाहरु बताउँछन् । तर, बिडम्बना नै मान्नुपर्छ मुलुकका बैंकहरुको नाफा भने बढेको बढ्यै छ ।
बैंकहरुमा तरलता अभावले एकातर्फ नयाँ कर्जा प्रवाह हुन सकेको छैन भने अर्कातर्फ ऋणको ब्याजदर उच्च रूपमा बढ्न थालेको छ । वित्तीय क्षेत्रमा यस्तो समस्या देखिएपनि स्पष्ट जवाफ भने कतैबाट पाइदैन । यद्यपी यसवारे सर्वत्र चासो भने बढिरहेको छ । राष्ट्र बैकका उच्च अधिकारी, बैंकर्स र सरोकारवालाहरु अहिले दिनहुँ समस्या समाधानबारे छलफलमा जुटेपनि निकासको बाटोमा सरोकारवाला हिँडेका छैनन ।
राष्ट्र बैंकका प्रबक्ता नारायण पौडेलका अनुसार समस्या समाधान गर्न बैंकहरुले डिपोजिट बढाउन अत्यन्त जरुरी छ । उनका अनुसार बैंकहरुले सिसिडि रेसियो ८० प्रतिशत पुरयाएका कारण समस्या आएको हो । जसको दोष वित्तीय क्षेत्रमात्र होइन, सरकार आफै पनि रहेको छ । सरकारले विभिन्न कारणले पुँजीगत खर्च गर्न नसक्दा यसको प्रत्यक्ष असर बित्तीय क्षेत्रमा परेको सरोकारवालाको भनाई छ ।
यहि अवस्थामा रेमिट्यान्सको वृद्धिदर पनि घटेको छ तर, सरकारको खातामा भने रकम थुप्रिएको छ । यस्तो अवस्था आउन सक्छ भन्ने कुरा बैंकहरूले ख्याल गर्नुको साटो बढि मुनाफा कमाउने उदेश्यले लगानीमा हदबन्दी लगाएपछि मुलुककै समग्र अर्थतन्त्रमा धक्का पुग्न गएको छ ।
यो समस्या देखिएपछि राष्ट्रबैंकले बैकहरुलाई निक्षेप बढाउन सुझाव दिएपनि उनीहरु राष्ट्रबैंकको यो सुझाव मान्न अहिलेसम्म तयार देखिएका छैनन् ।
राष्ट्र बैंकले दुई अर्बको पुँजीलाई ८ अर्ब पु¥याउनुपर्ने नीति ल्याउँदा बैंकहरूले लगानी गर्ने ठाउँ नै नभएको भनेर नीतिको विरोध समेत गरेका थिए । तर, विडम्बना त के भने ८ अर्ब पुँजी हुँदा पनि बैंकहरूमा कर्जायोग्य तरलता कम भएको छ ।
अझ रोचक त के छ भने नाकाबन्दी, भूकम्पलगायतले थिलथिलो भएका बेलामा समेत बैंकहरुको नाफा अत्याधिक बढेको थियो र अहिले पनि बढ्यै छ । तर, बैकहरुले केहि अपवादबाहेक निक्षेपको ब्याजदर भने बढाएका छैनन् । राष्ट्र बैंकले निक्षेपमा ५–६ प्रतिशत र कर्जामा १०–१२ प्रतिशत ब्याजदर होस् भनेपनि त्यसो हुन सकिरहेको छैन ।
तरलताको अवस्था झन चँुलिदै
नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष पशुपति मुररकाका अनुसार बित्तीय क्षेत्रमा यस्तो अवस्था आउनु लाजमर्दो हो । उनी भन्छन् ‘बैंकमा जाँदा चेक साट्न नसक्ने अवस्था कस्का कारणले आयो ? त्यो सरोकारवालाहरुले बुझ्नुपर्छ । कर्जाको त कुरै छाडौ एलसी खोल्न समेत सकिएको छैन । अर्थतन्त्र ठूलो हुँदै गएको छ तर, बैंकसँग भएको पुँजीले धान्दैन भने अवस्था गम्भीर छ ।’ मुरारकाका अनुसार ब्याज बढ्दै गए उद्योगी व्यवसायीले कर्जा तिर्न सक्दैनन् । यसले गर्दा बैंकहरूको खराब कर्जा झन् बढ्न सक्छ र अर्को खालको खतरा निम्तिन सक्छ ।
त्यसो त अहिले अहिले सरकार, बैंकर, उद्योगी व्यवसायी अथवा राष्ट्र बैंकले एक–अर्कालाई दोष दिएर पन्छिने गरेको समेत पाइएको छ । बैंकहरुले कर्जामा व्याज बढाउँदा उद्योगी व्यवसायी आक्रोशित बनेका छन् ।
के भन्छ राष्ट्र बैंक ?
राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलका अनुसार यो समस्या दीर्घकालिन होइन । तरलता पर्याप्त भएपनि समस्या कर्जायोग्य तरलता अभावको भएको उनको भनाइ छ । पौडेलको भनाईमा यस्तो समस्या निम्तिन सक्ने खतराप्रति राष्ट्र बैंक सजग भएपनि बैंकहरुले डिपोजिट नबढाउदा समस्या आएको हो । उनका अनुसार विगत ५–६ महिनामा बैंकहरुले सीमा नै नघेर बैंकिङ कारोवार गरेका छन् । ‘बैंकहरुले आफ्नो सीमा र मर्यादा नाघेर लगानी गर्छन् डिपोजिट बढाउन भने चासो नै राख्दैनन यस्तो अवस्थामा राष्ट्र बैंकले के गर्न सक्छ ? यो त उनीहरुले बजार हेरेर आफै समाधान गर्ने विषय हो’
अर्थमन्त्री महराको चासो
उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकमा वित्तीय तरलता देखिएपछि सरोकारवालासग बिहीबार छलफल गरेका छन् । मन्त्री महराले राष्ट्र बैंकका गर्भनर र अर्थ मन्त्रालयका सचिवहरुसँग छलफल गरेका हु्न् ।
उप प्रधानमन्त्री महराले करिव डेढ घण्टा गर्भनर चिरञ्जीवी नेपाल, अर्थ सचिव शान्तराज सुवेदी र राजश्व सचिव राजन खनालसँग मन्त्रालयमै छलफल गरेका थिए । छलफलमा गर्भनर र सचिवद्धयले मुलुकको पछिल्लो आर्थिक अवस्था र वित्तीय संकटका बारेमा महरालाइ ब्रिफिङ्ग गरेका थिए ।
बैंकर्स शाह भन्छन्,
नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाहका अनुसार वित्तीय तरलता भनेर अफवाह फैलाएपनि वास्तविकता त्यस्तो छैन । उनी भन्छन् –‘अहिले बैंकमा पैसै नभएको भने होइन, निक्षेपकर्ताको रकम सुरक्षित छ । कर्जा प्रवाह गर्न सक्ने पैसा मात्रै नभएको हो ।’
शाहका अनुसार यो समस्या बैकको मात्र होइन, सवैले गर्दा आएको हो । सवै को भन्नेमा भने शाहले छुट्याउन चाहेनन् । उनले पुँजीगत खर्च न्यून हुने गरेकाले पनि बैंकिङ क्षेत्रमा तरलता अभाव देखा परेको दावी गरे ।
के गरे बैंकहरुले ?
राष्ट्र बैंकको चालू आर्थिक वर्षको मौद्रिक नीतिले कर्जा लगानी २० प्रतिशतले वृद्धि गर्ने लक्ष्य दिए पनि बैंकहरूले आर्थिक वर्षको मध्यावधि नपुग्दै ३१.३ प्रतिशतले कर्जा लगानी बढाएका छन् । कर्जा र निक्षेप वृद्धिदरमा सही तालमेल नहुँदा नै अहिले वित्तीय क्षेत्रले तरलताको समस्या झेल्नुपरेको हो । बैंकिङ क्षेत्रमा तरलता अभावको अर्काे कारण ५ सय र १ हजारका भारतीय नोटहरूको प्रतिबन्धलाई पनि लिइन्छ । ‘तर, तरलता संकट आउनुमा वित्तीय क्षेत्रको नियामक निकायको अपरिपक्व व्यवहारको नतिजा नै हो’ अर्थविद चन्द्रमणी अधिकारी भन्छन् ‘ बैंक तथा वित्तीय संस्थाबाट चालू आर्थिक वर्षको मंसिर महिनासम्ममा १ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा त्यसको ६१ प्रतिशत कर्जा अनुत्पादक क्षेत्रतर्फ प्रवाह भएको छ । अनुत्पादक क्षेत्रमा गरिएको लगानीले आम्दानी, रोजगारी र आर्थिक वृद्धिमा कुनै प्रभाव देखाउन सक्दैन ।’
No comments:
Post a Comment