आज विश्व क्यान्सर दिवस, विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै - newsallabc.com
watch+more+videosCHAUTARI+JAN+SEWA+ICON

Saturday, February 4, 2017

आज विश्व क्यान्सर दिवस, विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.


२२ माघ, काठमाडौं । आज विश्व क्यान्सर दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ ।
अन्धविश्वासका कारण नेपालमा क्यान्सर रोगीको सङ्ख्या बढिरहेका बेला वर्सेनि चेतनामूलक कार्यक्रम गरेर क्यान्सरविरुद्धको दिवस मनाउने गरिएको छ । क्यन्सर रोग निबारणका लागि आज पनि सरकारीसँगै विभिन्न गैरसरकारी संघसंस्थाहरुले चेतनामूलक कार्यक्रमहरुको आयोजना गरेका छन् ।
खानपानमा ध्यान पुर्‍याए मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । वातावरण र खानापानमा उचित ध्यान नदिँदा क्यान्सर रोगका विरामी बढ्दै गएका हुन् । त्यस्तै सुर्तीजन्य वस्तुको सेवन गर्नेको संख्या बढ्दै गएकाले पनि क्यान्सरको जोखिम बढ्दै गएको बताइएको छ ।
नेपालमा वर्सेनि १५ हजारको क्यान्सर रोगका कारण मृत्यु हुने गरेको तथ्यांक छ ।
सुर्तीजन्य वस्तुको सेवनका कारणले फोक्सोको क्यान्सरका विरामी धेरै छन् । त्यसपछि पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरका विरामी धेरै भएको बताइन्छ ।
धुमपान/मद्यपान नगरे तथा भुटेको, तारेको र चिल्लो खानेकुरा नखाई दैनिक व्यायाम गरे क्यान्सरको जोखिम कम हुने चिकित्सकले बताएका छन् ।
world-cancer-day

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167