Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
माघ २१, २०७३- गाउँलेलाई पुनर्निर्माण गर्न ढुवानीको समस्या भएपछि बोच गाविसका एक व्यक्तिले पेन्सनबाट आएको रकम खर्चेर साढे तीन किलोमिटर सडक निर्माण गरेका छन् ।
उक्त सडक खुल्नेबित्तिकै गाउँलेलाई घर पुनर्निर्माणका लागि सामग्री ढुवानी गर्न सजिलो भएको छ ।
तीनसय ४१ घरधुरी रहेको गाउँमा गाडी पुग्नेबित्तिकै भूकम्पपीडितले घर बनाउनका लागि सामाग्री ढुवानी गर्न थालेको गाविस सचिव तीर्थराज घिमिरेले बताए ।
बोच गाविसस्थित वडा नं. ६ र ७ का बासिन्दालाई पायक पर्ने सडक निर्माण गर्न स्थानीय भूपु सुवेदार डम्बरबहादुर कार्कीले १० महिनाको पेन्सनबाट आएको एक लाख ५२ हजार छ सय रुपैयाँ खर्च गरेका हुन् । डम्बरका १०४ वर्षीया आमा मासोभा कार्कीले सडक उद्घाटन गर्दा गाउँलेले खुसी हुँदै नाचगान गरेका थिए ।
उक्त सडकबाट पहिलोपटक आएको मोटरलाई गाउँलेले पूजा गर्दै भित्र्याएका थिए ।
करिब ९ दिन डोजरले खनेपछि गाविसको स्वीकृतिअनुसार गुम्बाडाँडादेखि कार्की गाउँ लप्से च्यानडाँडासम्म सडकको ट्रयाक निर्माण सम्पन्न भएको थियो । गाउँमा सडक पुर्याउनका लागि पाँचबर्ष धाउँदा पनि कसैले सहयोग नगरेपछि गाविसको स्वीकृतिअनुसार निर्माण थालेको डम्बरले बताए ।
उनले आफ्नो स्वर्गीय पिता टेकबहादुर कार्कीको सम्झनामा स्वेच्छाले सडक निर्माणमा खर्च गरेको बताए ।
सडक उद्घाटन कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिले डम्बरबहादुरको योगदानका प्रशंसा गरेका थिए । कार्यक्रमपछि दलहरुको सहमतिमा उक्त सडकको नाला र सोलिङ गर्नका लागि गाविसले डेढ लाख विनियोजन गरिदिएको छ ।
निजी लगानीमा बनेको साढे तीन किलोमिटर सडक पार गरेर गाउँमा मोटर आएपछि खुसियाली मनाउँदै बोच गाविस स्थानीय ।
No comments:
Post a Comment