एनआरएनएको केन्द्रीय कार्यालय निर्माण कार्य तीव्र काठमाडौंमा - newsallabc.com

Breaking

Friday, February 3, 2017

एनआरएनएको केन्द्रीय कार्यालय निर्माण कार्य तीव्र काठमाडौंमा

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.



काठमाडौं – गैरआवासीय नेपालीहरुको छाता संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए) काठमाडौंमा केन्द्रीय कार्यालय निर्माण कार्यले तीव्रता पाएको छ । र, आगामी सात महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

बालुवाटारमा भइरहेको निर्माण कार्यमा दैनिक ५० बढी मजदुर जुटिरहेका छन् । केही दिनमा पहिलो तलाको ढलान सम्पन्न हुनेछ । बालुवाटारस्थित सभामुख निवासको सम्मुखमा ३ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको संघको केन्द्रीय कार्यालय भवनको लागत करिव २५ करोड रुपैयाँ हुनेछ ।

अध्यक्ष शेष घलेले रकम संकलन अभियानका क्रममा प्रतिबद्धता जनाएका सवैलाई रकम तत्कालै गैरआवासीय नेपाली संघको खातामा जम्मा गरिदिन आग्रह गरेका छन् । ‘अझै करिव १० करोड रुपैयाँ भवन निर्माणका लागि अपुग हुने देखिएको छ’ घलेले भने, ‘सहयोगको प्रतिबद्धता जनाएका दाताहरुले तत्कालै रकम भुक्तानी गरिदिए मात्र तोकिएको समयमा भवन निर्माण पुरा हुनेछ ।’

पहिलो कार्यकालमा भवन निर्माणलाई अभियानका रुपमा सञ्चालन गर्न घले करिव ४७ वटा मुलुकमा पुगेका थिए । ‘विश्वभर रहेका गैरआवासीय नेपालीहरुको एकता र भावनाको प्रतिकका रुपमा हाम्रो मुख्यालय रहने छ’ अध्यक्ष घलेले भने, ‘हाम्रो सपना साकार हुन अब केही महिनामात्र बाँकी छ, अब गैरआवासीय नेपालीहरुको निर्णायक सहयोग जरुरी छ ।’

राष्ट्रिय समन्वय परिषद् र क्षेत्रीय संयोजक एवं सहसंयोजकलाई प्रतिबद्धता जनाइएको रकम जम्मा गर्ने कार्यमा खटिन पनि उनले आग्रह गरेका छन् ।

यस्तो हुनेछ केन्द्रीय कार्यालय


एनआरएनएको हेडक्वाटर निर्माणमा नेपाली काष्ठकला र आधुनिक प्रविधिको मिश्रण हुनेछ । भवनको अगाडिको भागमा नेपाली काष्ठकला हुनेछ । चार तलाको यो भवनको भुइँतलामा सभामा हल हुनेछ । जसमा २०० जना अटाउनेछन् । यस्तै बेसमेन्टमा पार्किङ हुने एनआरएनएले जनाएको छ ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167