Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
आठ लाख रुपैयाँसम्म म्यानपावरलाई बुझाएर संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका १ सय २४ नेपाली सुरक्षागार्डले ९ महिनादेखि काम पाएका छैनन् । कम्पनीले काम दिन नसक्ने भएपछि उनीहरू नेपाल फर्कने भएका छन् ।
वैदेशिक रोजगारमा जाने कामदारका लागि लागत खर्च नि:शुल्क भए पनि म्यानपावर कम्पनीहरूले आकर्षक तलब र सेवासुविधा देखाएपछि उनीहरू ८ लाख रुपैयाँसम्म बुझाएर यूएई पुगेका हुन् । यूएईको अर्धसरकारी कम्पनीको अवसर पाउने भएपछि नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको जागिर छाडेर उनीहरू हमाय सेक्युरिटी सर्भिस कम्पनीमा काम गर्न गएका थिए ।
कम्पनीले मासिक ४ हजार दिराम (एक लाख २० हजार रुपैयाँ) सम्म तलब दिने भनेपछि उनीहरूले म्यानपावरलाई मागे जति रकम बुझाएका हुन् । कम्पनीले काम दिन नसकेपछि स्वदेश फिर्ता गर्ने तयारी गरेको छ । ‘कम्पनीले नयाँ प्रोजेक्ट नपाएपछि नेपालीले काम पाउन नसकेका हुन्,’ यूएईका लागि नेपाली श्रम सहचारी भेषबहादुर कार्कीले कान्तिपुरसित भने, ‘पीडित कामदारलाई काम दिलाउन दूतावासका तर्फबाट निरन्तर प्रयास भइरहेको छ ।’
पीडितहरू समस्या समाधानका लागि दुई सातादेखि दूतावास धाइरहेका छन् । काम नपाउनेमा मोरक्को र युगान्डाका थप एक सय २५ नागरिकसमेत छन् । ‘हामीलाई तालिम गराएर आबुधाबीको वर्कर सिटीमा राखिएको महिनौं भइसक्यो,’ पीडित धीरज रानाभाटले भने, ‘खाना र बस्न कम्पनीले उपलब्ध गराएको छ । काम दिएको छैन ।’
फसेका कामदारमध्ये एसआरएस म्यानपावरले ५४, सुमेरा नेपालले २४ र अल सेक्युअर म्यानपावरले ९ कामदार पठाएका हुन् । त्यसबाहेक ३७ जनालाई श्रम स्वीकृति नलिई दुबईमा रहेको ग्लोबल एजेन्सीले भिजिट भिसामा अवैध रूपमा ल्याएको थियो । भिजिट भिसामा जानेहरूले थप रकम बुझाउनुपरेको छ ।
‘लामो समय प्रहरीमा जागिर खाइयो । प्रहरी जवानको जागिरले सामान्य जीवन पनि जिउन गाह्रो भएपछि ८ लाख रुपैयाँ बुझाएर आइयो । यहाँ आएर काम र तलब दुवै छैन,’ अर्का पीडित कामदारले भने । दुबईको सरकारी कम्पनीको सुरक्षागार्ड भनेर आफूहरूले सरकारी जागिरसमेत छाडेर बिदेसिएको उनीहरूले बताए । ‘काम पाइन्छ जस्तो लागेको थियो । अब घर फर्कनुपर्ने अवस्था आएजस्तो लागेको छ । त्यत्रो रकम कसरी उठाउने भन्नेमा चिन्ता छ,’ ती कामदारले भने ।
श्रम सहचारी कार्कीले भिजिट भिसामा ल्याउने कम्पनी र लाखौं रुपैया असुल गरेर पठाउने म्यानपावरमाथि छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । ‘सम्झौताअनुसारको काम दिलाउन कम्पनीको उच्च व्यवस्थापनसँग कुरा भइरहेको छ । उसले बोर्ड बैठकबाट समस्या सुल्झाउने प्रतिबद्धता व्यक्त गरेको छ,’ उनले भने ।
उनीहरूलाई पठाउने म्यानपावरलाई सम्पर्क गर्दा उपलब्ध हुन सकेनन् । वैदेशिक रोजगार विभागले यस विषयलाई गम्भीर रूपमा छानबिन गर्ने जनाएको छ ।
वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहण गुरुङले छानबिन गर्दा १० हजारभन्दा बढीको बिल भेटिए कारबाही गर्नुपर्ने बताए । ‘सुरक्षागार्डमा जानेले ८ लाख बुझाएको बिल छ कि छैन, छ भने कारबाही हुनुपर्छ । सबैलाई रकम फिर्ता हुनुपर्छ र म्यानपावरको लाइसेन्स खारेज गर्नुपर्छ,’ उनले भने, ‘सरकारले कामदारले दिएको रकमको बिल हुनुपर्ने व्यवस्था गरिदिए कोही उम्किन सक्दैन ।’
No comments:
Post a Comment