Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
अमेरिका र चीनको भलाइका लागि रचनात्मक सम्बन्ध विकास गर्न चीनका राष्ट्रपति सीसँग मिलेर काम गर्न अमेरिकी राष्ट्रपति इच्छुक
चीनसँग सीधा पहुँच बढाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई पत्र लेखेका छन् । एसियाको शक्तिशाली मुलक चीनसँग सम्बन्ध बढाउने नयाँ पहलस्वरूप राष्ट्रपति ट्रम्पले चिनियाँ समकक्षीलाई बिहीबार पत्र पठाएका हुन् ।
रचनात्मक सम्बन्ध बढाउन इच्छुक
राष्ट्रपति ट्रम्प चीनसँग रचनात्मक सम्बन्ध बढाउन इच्छुक देखिएका छन् । उनले दुई देशको भलाइका लागि सहकार्य गर्न अमेरिका तयार रहेको बताएका छन् । भावी दिनमा वासिङ्टनले बेइजिङसँग निकट भएर काम गर्ने उनले बताएका छन् । ट्रम्पको प्रस्तावलाई चीनले सकारात्मक रुपमा लिएको छ ।

शपथ समारोहका क्रममा आफूलाई बधाई दिएकोमा ट्रम्पले चिनियाँ समकक्षीलाई पत्रमार्फत धन्यवादसमेत दिएका छन् । चीनको नयाँ वर्षको अवसर पारेर ट्रम्पले सन्देशपत्र पठाएका हुन् । उनले सबै चिनियाँ नागरिकलाई नयाँ वर्षको शुभकामनासमेत दिएका छन् ।
सम्बन्ध विकासमा आइसब्रेक
ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि पश्चिमेली मुलुकका शीर्ष नेताहरूसँग टेलिफोन वार्ता गरे पनि चिनियाँ समकक्षीसँग औपचारिक रूपमा कुनै संवाद गरेका छैनन् । उनले पठाएको पत्र दुई देशको सम्बन्ध विकासका लागि आइसब्रेक भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै, उनको पत्रले दुई देशबीच सम्बन्ध बढाउन नयाँ आयाम थपेको चीनले जनाएको छ । राष्ट्रपति ट्रम्पको पत्रलाई चीनले महत्व दिएको चिनियाँ विदेश मन्त्रालयका प्रवत्ता लु काङले बताए । उनले ट्रम्पको प्रशंसा गर्दै दुई देशबीचको सहकार्य एक मात्र विकल्प भएको बताए ।

चीनप्रति नरम हुँदै ट्रम्प
चीनको व्यापार र विदेशनीतिप्रति आक्रामक रूपमा प्रस्तुत भइरहेकै वेला ट्रम्प अकस्मात् नरम देखिएका छन् । पछिल्ला महिनामा ट्रम्पले ताइवान र विवादास्पद दक्षिण चाइना सागरजस्ता संवेदनशील विषयमा बेइजिङको आलोचना गरेका थिए ।

डेढ महिनाअघि ताइवनकी राष्ट्रपति ताई इङ वेनसँग ट्रम्पको संवादले चीन क्रुद्ध भएको थियो । अमेरिकी नीतिविपरीत राष्ट्रपति ट्रम्पले दशकौँपछि ताइवानी समकक्षीसँग फोनवार्ता गरेका थिए । अमेरिकाले ताइवानसँग सन् १९७९ मा औपचारिक रूपमै सम्बन्ध तोडेको थियो । बेइजिङले ताइवानलाई चीनको एउटा महत्वपूर्ण अंश मान्छ ।
अकस्मात् धारणा परिवर्तन
राष्ट्रपति ट्रम्पले चीनप्रति अकस्मात् धारणा परिवर्तन गरेका छन् । पत्रमा उल्लेख गरिएका विषय निर्वाचन अभियानमा चीनप्रति व्यक्त अभिव्यक्तिविपरीत भएको बताइएको छ । निर्वाचित भएपछि पनि ट्रम्प चीनको विरोधमा कडा रूपमा प्रस्तुत भएका थिए । चीनको विनिमय दर नीति र दक्षिण चाइना सागरमा उसको बढ्दो हस्तक्षेपप्रति ट्रम्पले कडा आलोचना गरेका थिए ।

उनले एक चीन नीतिको पनि विरोध गरेका थिए । शपथपछि पनि ट्रम्प प्रशासनले दक्षिण चाइना सागरमा चीनको प्रभुत्व अन्त्य गर्ने प्रतिबद्धता जनाएको थियो।
चीनको चासो
बेइजिङले अहिलेसम्म एक चीन नीतिविरुद्ध ट्रम्पको अडानप्रति गम्भीर चासो जनाउँदै आएको छ । ताइवानकी राष्ट्रपतिसँग भएको टेलिफोन वार्ताको विरोध गर्दै चीनले दक्षिण चाइना सागरमा आफ्नो अधिकार रक्षा गर्ने बताएको छ । ट्रम्पले ताइवानको मामिलामा आगोको झिल्कोसँग खेलेको चीनका सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

No comments:
Post a Comment