२९ माघ, पत्रपत्रिकाको फ्रन्टपेजः दाहाल र ओलीबीच जेठमै स्थानीय निर्वाचन गर्ने सहमति - newsallabc.com

Breaking

Saturday, February 11, 2017

२९ माघ, पत्रपत्रिकाको फ्रन्टपेजः दाहाल र ओलीबीच जेठमै स्थानीय निर्वाचन गर्ने सहमति

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.


२९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच जेठको पहिलो साता स्थानीय निर्वाचन गर्ने समझदारी भएको समाचारलाई शनिबार प्रकाशित दैनिक पत्रपत्रिकाहरुले फ्रन्टपेजमा स्थान दिएका छन् ।
उर्जामन्त्री जनार्दन शर्माको ‘उर्जा’ले नै ‘देश उज्यालो’ भएकोलाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकमा  प्रधानसेनापति राजेन्द्र क्षत्रीले देशमा सुरक्षा चुनौती बढेको बताएको समाचारलाई प्राथमिकता दिएको छ ।
अन्नपूर्ण पोस्ट् दैनिकले कीर्तिमान प्रमाणपत्र अनुमानकै आधारमा दिने गरेको समाचारलाई महत्व दिएको छ ।
सांसदहरुले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट मन्दिर-मस्जिद निर्माणमा खर्च गरेको समाचारलाई खास महत्व दिएको नागरिक दैनिकले ‘चुनावमा पार्टीका च्याँखेदाउ’ शीर्षकको समाचारलाई प्राथमिकताका साथ छापेको छ । त्यस्तै जेलमा रहेका बालबालिकाको स्टोरीले महत्व पाएको छ ।
कान्तिपुर दैनिकले नेपालबाट बन्दाको नाममा काउली भारत निकासी हुने गरेको समाचारलाई प्राथमिकता दिएको छ ।
राजधानी दैनिकको फ्रन्टपेजमा ‘३ प्रतिशत थ्रेसहोल्ड, एक सिट अनिवार्य’ शीर्षकको समाचार छापिएको छ ।
गोरखापत्र दैनिकमा राजनीतिक निकासका लागि प्रधानमन्त्री सक्रिय भएको समाचार र स्थानीय तहको निर्वाचन गराउन कानुनी बाटो खुलेको समाचारले फ्रन्टपेजमा स्थान पाएको छ ।
अस्पतालमा बढेको फोहोरसम्बन्धी समाचारलाई महत्व दिएको नेपाल समाचार दैनिकले सिंहदरबार पुनर्निर्माणसम्बन्धी समाचारलाई फ्रन्टपेजमा छापेको छ ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167