Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
बहराइन :03 फेब्रुअरी, खाडी मुलुक बहराइनको राजधानी मनामा स्थित फुड सिटि रेस्टुरेन्ट को सभा हलमा "परोपकारी, समृद्धि र सफलताको पहिचान, बृहत नेपाल सामाजिक संस्थाको अभियान" भन्ने मुल नाराको साथमा स्थापना भएको सामाजिक संस्था "बृहत नेपाल सामाजिक संस्था बहराइन" को स्थापना तथा प्रथम साधारण सभा 2017 यस संस्थाको संयोजक श्री हर्क लो तमाङ ज्यो को सभापतित्व र प्रमुख अतिथी नेपाली क्लब बहराइन का संस्थापक, बरिस्ठ समाज सेवक श्री गम बहादुर गुरुङ ज्यु का साथै विशेष अतिथी ज्युहरु नेपाली क्लब बहराइनका प्रतिनिधि श्री दीपक गुरुङ ज्यु, एन आर एन बहराइनका अध्यक्ष श्री टंक बस्नेत ज्यु र आदिवासी जनजाति महासंघका अध्यक्ष श्री काजी थापा ज्यु लगायत बहराइन मा स्थापित सम्पुर्ण सामाजिक संघ संस्थाहरु र राजनीतिक संघ संस्थाहरु बाट उपस्थित हुनु भएका अतिथि ज्युहरु, पत्रकार ज्युहरु अनि सान्स्कृतिक कलाकार ज्युहरु तथा अन्य महानुभाव ज्युहरुको उपस्थितिमा सुसम्पन्न भएको छ।
जसमा सर्ब सहमत बाट यस बृहत नेपाल सामाजिक संस्था बहराइनको अध्यक्ष जस्तो गरिमय पदमा श्री हर्क लो तमाङ ज्यु निर्वाचित भइ उहाँकै अध्यक्षतामा 50 जना सदस्यहरु बाट कार्यकारी पदाधिकारी, कार्यकारिणी सदस्यहरु, सल्लाहकार समिती लगायत विभिन्न बिभागिय समितिहरुका साथ नयाँ तथा विशाल कार्यसमिति गठन भएको छ। जसले नाम अनुसार को काम र उद्देश्य बोकि यस बिदेशी भुमी बहराइन देखि बहराइनमा कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु साथै बृहत नेपाल यानी पुर्ब मेची देखि पश्चिम महाकाली सम्म विभिन्न जात जाती, विभिन्न धर्म तथा संस्कृति र विभिन्न संघ संस्थाहरुलाई समान रुप बाट समेटि परोपकारी गर्दै समृद्धि बनाई सफलता हासिल गर्ने प्रणका साथ अघि बढ्ने लक्ष्य राखेका छन। यस संस्थाका सम्पुर्ण जिम्मेवारी पदाधिकारी साथै समिती तथा बिभागिय प्रमुख अनि सदस्यहरु एकजुट भै अघि बढी यो लक्ष्य अबस्य नै पूरा हुनेछन भन्ने बिस्वस्त छौ।
साथै यसै उद्देश्यलाई पूरा गर्न अमुल्य तथा महत्त्वपूर्ण सल्लाह, सुझावहरु र हौसला बढाई दिनु भएका सम्पुर्ण संघ संस्था बाट उपस्थित अतिथि ज्युहरुलाई यस बृहत नेपाल सामाजिक संस्था बहराइन विशेष धन्यवाद टक्र्याउदछौ।
यसैगरी मुल नाराको उद्देश्यलाई मध्यनजर राखी यस संस्थाले यही मिति र यहि विशेष कार्यक्रममा "परोपकारी कोष" को पनि स्थापना गरि शुभ कार्यको कार्यन्वयन सुरुवात गराई सकेका छौ।
यस कार्यक्रमलाई रोचक र भव्य बनाउन हामिले विभिन्न नयाँ तथा उत्कृष्ट कलाकार ज्युहरु बाट सान्स्कृतिक कार्यक्रमको पनि प्रस्तुती गराई कार्यक्रम सव्यताका साथ भव्य रूपमा सफल बनायौ। यस कार्यक्रममा अतिथी ज्युहरु, पत्रकार ज्युहरु र कलाकार ज्युहरुले आ आफ्नो क्षेत्रको महत्त्वपूर्ण भुमिका निभाई सहयोग गर्नु भएकोमा यहाँहरुलाई यस बृहत नेपाल सामाजिक संस्था बहराइन परिवार सम्मानिय रूप बाट विशेष धन्यवाद गर्दछौ।
धन्यवाद ।

अन्जन बाबु श्रेष्ठ
(महासचिव)
बृहत नेपाल सामाजिक संस्था बहराइन
सम्पर्क नं. : 00973-36620588
ईमेल : brihatnepalsamajik@gmail.com
facebook बाट
No comments:
Post a Comment