Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेले १० मिटर लामो राष्ट्रिय झन्डा अाइतबार माइतीघर मण्डलामा संयुक्त रुपमा फहराएका छन्।
सहिद दिवस अवसर नेपाली देशभक्त युवा समाजले आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेले झन्डोत्तोलन गर्दै नेपालको राष्ट्रिय झण्डा फहराएका हुन्।
कार्यक्रममा अध्यक्ष ओलीले नेपाली स्वाभिमानमाथि अपमान हुन थालेपछि राष्ट्रियताप्रति प्यारो लाग्न थालेको बताए। केही वर्षयता नेपालको झण्डा नेपालीलाई प्यारो लाग्न थालेको भन्दै उनले केही स्वार्थ तत्वबाहेक सबैले देशलाई माया गर्ने बताए।
कार्यक्रममा अध्यक्ष ओलीले नेपाली स्वाभिमानमाथि अपमान हुन थालेपछि राष्ट्रियताप्रति प्यारो लाग्न थालेको बताए। केही वर्षयता नेपालको झण्डा नेपालीलाई प्यारो लाग्न थालेको भन्दै उनले केही स्वार्थ तत्वबाहेक सबैले देशलाई माया गर्ने बताए।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले जस्तोसुकै परिस्थिति आए पनि देशलाई टुक्रिन र कमजोर पनि हुन नदिने धारणा राख्ने। 'हामी दुःख व्यहोर्न तयार छौं तर हेपिन र स्वाभिमान गिराउन तयार छैनौँ', उनले भने, 'सबै राष्ट्रप्रेमी एक ठाउँमा उभिएर स्वाभिमानको रक्षा गछौँ।'
उनले देशको स्वाभिमान कसैविरुद्ध पनि नलाग्ने भन्दै जनता र देशको पक्षमा रहेको उल्लेख गरे। अध्यक्ष ओलीले नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेसवादी दललाई राष्ट्रियताका सवालमा एमाले जस्तो नीति ल्याउन आग्रह गरे।
उनले निर्वाचन नगर्ने प्रयास भइरहेको भन्दै जसरी पनि निर्वाचन गराएर छाड्ने बताए। 'निर्वाचन नगर्ने प्रयास भइरहेको छ', उनले भने, 'तर निर्वाचन गर्नका लागि आवश्यक दबाब दिने शक्ति हामीसँग छ। निर्वाचन गराएर छाड्छौं।'
कार्यक्रममा राष्ट्रकवि घिमिरेले अहिलेको पुस्ताले राष्ट्रितामाथि चासो राख्न थालेको बताए। फहराइएको झण्डा १० मिटर लामो र साढे ७ मिटर चौडाइ रहेको छ।
राष्ट्रियतामा योगदान पुर्याएबापत उक्त कार्यक्रममा खेलाडी मिरा राई, कलाकार मोहनदास श्रेष्ठलगायत एक दर्जनलाई सम्मान गरिएको थियो।
No comments:
Post a Comment