ट्रम्प राज्य : पछिल्ला ४८ घण्टामा ट्रम्पले गरेका १७ निर्णय - newsallabc.com

Breaking

Monday, January 23, 2017

ट्रम्प राज्य : पछिल्ला ४८ घण्टामा ट्रम्पले गरेका १७ निर्णय

वासिङटन – अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा बिताएको साप्तान्हको अधिकांश समय उनको सपथग्रहणमा उपस्थित मानिसको संख्याको विषयमा मिडियाको आलोचना गर्नमा नै बितेको छ ।

यद्यपि, यही समयमा उनले यस्ता नीतिगत निर्णयहरु पनि गरेका छन्, जसले दुरगामी असर पार्नेछन् ।
पदभार सम्हालेको ४८ घण्टामा ट्रम्पले गरेका महत्वपूर्ण निर्णयहरु यस्ता छन् :
१. सम्पूर्ण सरकारको नेतृत्व लिएका छन् ।
२. पूर्व राष्ट्रपति बाराक ओबामाको अफोर्डेबल केयर एक्टलाई फिर्ता लिन लक्षित कार्यकारी निर्देशन जारी ।३. सरकारबाट सञ्चालित आवासीय कर्जा लिँदा वार्षिक रुपमा तिर्नुपर्ने इन्सुरेन्स प्रिमियमको आकार घटाउने ओबामाको निर्णय रोके ।
४. सरकारी एजेन्सीहरुलाई नयाँ नियमहरु लागु नगर्न निर्देशन । नयाँ सरकारलाई ती नियमहरु अध्ययन गर्न समय माग ।
५. आफ्नो ज्वाइँलाई ह्वाइट हाउसमा सल्लाहकारका रुपमा राख्न जस्टिस डिपार्टमेन्टबाट स्वीकृति पाए ।
६. सिआइएका प्रतिनिधिहरुलाई भेटे । परमाणु हतियारको कोड लिए ।
७. सिआइएको डाइरेक्टरका लागि ट्रम्पको उम्मेद्वार माइक पोम्पियोले आफ्ना अफिसरहरुलाई सोधपुछका लागि वाटरबोर्डिङजस्तो कठोर उपाय अपनाउनु आवश्यक परे त्यसलाई पुनः शुरु गर्ने बताए ।
८. इराकसँग पुनः द्वन्द्वको संकेत । इराकको तेल आफ्नो नियन्त्रणमा नलिएकोमा दुःख व्यक्त । उनले सिआइएलाई भने, ‘हामीले तेल राख्नुपथ्र्यो । सायद यसका लागि हामीले अर्को मौका पाउनेछौँ ।’
९. मेक्सिकोका राष्ट्रपतिसँग संवाद । जनवरीको अन्त्यमा भेट्ने ।
१०. क्यानाडाका प्रधानमन्त्रीसँग दुई देशबीचको आर्थिक सम्बन्धको विषयमा कुराकानी ।
११. क्यानाडा र मेक्सिकोका नेताहरुसँग बसेर नाफ्टा सम्झौताबारे पुनः छलफल गर्ने घोषणा ।
१२. शुक्रबार बेलयाती प्रधानमन्त्री थेरेसा मेलाई भेट्ने जानकारी । ट्रम्पले भेट्ने मे पहिलो विदेशी सरकार प्रमुख हुने ।
१३. टेक्सासमा विवादमा रहेको भोटर आइडीबारे कानुनको सुनवाई सार्न जस्टिस डिपार्टमेन्टलाई निर्देशन ।
१४. यस हप्ता नयाँ कार्यकारी निर्देशनहरु दिने तयारी ।
१५. नेसनल पार्क सर्भिसले ट्रम्प र ओबामाको सपथमा जम्मा भएका मानिसहरुको तुलनात्मक तस्विरलाई रिट्वीट गरे पछि आगामी दिनमा ट्वीट नगर्न निर्देशन ।
१६. इजरायलको तेल अभिभमा रहेको अमेरिकी राजदूतावासलाई जेरुसेलममा सार्न छलफल शुरु ।
१७. राष्ट्रपतिको रुपमा पहिलो राष्ट्रिय विपत्ति जर्जियाको विनासकारी टोर्नाडोको सामना ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167