हिउँ परेपछि यतिबेला हिमालपारिको जिल्ल्ला सेताम्य जोमसोम - newsallabc.com

Breaking

Saturday, January 28, 2017

हिउँ परेपछि यतिबेला हिमालपारिको जिल्ल्ला सेताम्य जोमसोम

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.



हिउँ परेपछि यतिबेला हिमालपारिको जिल्ल्ला मुस्ताङमा निकै नै चिसो बढेको छ। चिसोसँगै तिब्र हावा चलेपछि सदरमुकाम जोमसोम र आसपासमा सुनसान छ। चिसो बढेपनि शनिबार बिहानै घाम लागेपछि सदरमुकाम रमणीय बनेको छ।
मुस्ताङका प्रहरी प्रमुख डिएसपी हरिहर योगीका अनुसार शनिबार बिहानदेखि जोमसोममा तिब्रगतिमा उत्तरी हावा चलेको छ। त्यसले गर्दा पोखरा–जोमसोम उडान हुन सकेनन। 'करिब एकफिट बाँक्लो हिउँ जमेको छ। शुक्रबार दिउँसोदेखि हिउँ परेर बेलुकी रोकियो, तैपनि चिसो छ,' उनले भने, 'हवाइ उडान नभएपनि गाडी चलेका छन्।' शनिबार बिहानदेखि घाम परेपछि जोमसोम आसपास सेताम्य देखिएको उनले बताए।

जोमसोम र आसपासका डाँडाकाँडा पनि सेताम्य भएका छन्। अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का जोमसोमस्थित संरक्षण अधिकृत तुलसीप्रसाद दाहालका अनुसार बिहान घाम परेपछि जोमसोम निकै नै रमणीय देखिएको छ। 'केहीघण्टाको हिमपातपछि शनिबार बिहानैै जोमसोम खुल्यो। त्यसैमाथि घामको किरण थपिँदा निकै रोमाञ्चक बनेको छ,' उनले भने, 'यहाँ रहेका केही आन्तरिक र बाह्य पर्यटक हिउँमा रमाएका छन्।'

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167