Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
भारतीय पक्षले महोत्तरीको सिमावर्ती नाका मटिहानीसंगै टाँसिएको मधवापुरमा दशगजा मिचेर पक्की सडक र नाला निर्माण गरेको छ।
भारतीय पक्षले ७.३१ मिटर दशगजा भित्र पर्ने भुभाग मिचेर पक्की सडक र नाला निर्माण गरेको स्थानीयले बताएको छ।
भारतीय पक्षले दशगजा मिचेर भौतिक संरचना निर्माण गर्न लागेको जानकारी पाए लगतै पुस २३ गते सशस्त्र प्रहरी वेस क्याम्प मटिहानीले उक्त संरचना निर्माणमा रोक लगाएको थियो।
तर भातरतीय बजार मधवापुरका स्थानीय र एसएसवीले बलजफ्ती दशगजा मिचेर पक्की सडक र नाला निर्माण गरेका छन्।
सशस्त्र प्रहरीको मटिहानी स्थित विओपीले दशगजा मिचेर भारतीय पक्षले पक्की (पिच)सडक र नाला निर्माण गर्न लागेको जानकारी पाए लगत्तै निर्णमा रोक्न लगाएको थियो। तर काम रोकिएको तीन साता नवित्दै भारतीय पक्षले सडक र नाला निर्माण कार्य पुरा गरेका हुन।
दशगजा भन्दा ३० मिटर वारि र पारि कुनै पनि प्रकारको भौतिक संरचना निर्माण नगर्ने अन्तराष्ट्रिय मान्यता र सम्झौता रहेपनि भारतीय पक्षले उक्त सम्झौतालाई लत्याउँदै दशगजा मिचेर सडक र नाला निर्माण गर्नु गलत काम भएको स्थानीयको भनाई छ।
भारतीय पक्षले सन् २००८ तिर नेपाल तर्फको मटिहानी वडा नं. ८ र भारत तर्फको मधवापुरलाई छुटयाउन गाडिएको पिलर नं. २९४ नम्वर पिलर नजिकको भुभागमा दशगजा मिचेर पहिल्यै देखि त्यहाँ सडक निर्माण गरेको थियो । त्यहि सडकलाई आधार मानेर फेरि पनि पक्की सडक र नाला निर्माण गर्न लाग्दा सशस्त्र प्रहरीलाई नयाँ संरचना निर्माण भएको क्षेत्र दशगजा मिचेर निर्माण गर्न लागेको शंका लागेपछि जलेश्वर नापी कार्यालयबाट दुई जना अमिनलाई वोलाई नाप नक्सा गर्दा दशगज्जा मिचिएकै प्रमाणित भएको थियो।
अमिनहरुको नाप नक्सा अनुसार भारतीय पक्षले ७.३१ मिटर दशगजा मिचेर संरचना निर्माण गर्न लागिएको थियो।
नेपाल तर्फको मटिहानी र मधवापुर पहिल्यैदेखि सिमा विवाद भई राख्ने ठाउँ हुन्। त्यहाँ दुवै तर्फ निर्माण भएका नीजि र सरकारी भौतिक संरचनाले भारत र नेपाल छुट्टयाउन समेत गाह्रो पर्ने स्थिति रहँदै आएको छ।
No comments:
Post a Comment