गत पुस २१ गते सिआईबीले नियन्त्रणमा लिएको ३३ किलो अबैध सुन एयरपोर्टबाट पास गराउन भुमिका खेलेको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले नासु श्याम श्रेष्ठलाई विमानस्थलबाट नियन्त्रणमा लिएको भन्सारका एक अधिकारीले जानकारी दिए ।
प्रहरीले यसअघि सीआईबीले त्रिभुवन विमानस्थल भन्सारको एक्सरे मेशिन टेक्निसीयनका रुपमा कार्यरत राजकुमार ढकाल र तथ्यांक अधिकृत श्रीनारायण यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
दुबईबाट सुन लिएर आएका गोपाल बहादुर शाही तथा सुन रिसीभ गर्न पुगेका दिलबन्धु थापा र सन्तोष काफ्लेलाई केन्द्रिय अनुसन्धान ब्युरोकी एसपी मिरा चौधरीको कमाण्डमा खएिको प्रहरी टोलीले उसै दिन नियन्त्रणमा लिएको थियो ।
उनीहरुको बयानका आधारमा काभ्रेको चलाल गणेशस्थान–५ घर भएका राजन कार्कीलाई खोपासी र अर्का एक जनालाई पनि प्रहरीले काठमाडौंबाट पक्राउ गरेर अनुसन्धान गरिहेको छ ।
३३ किलो सुन काण्डमा हालसम्म ८ जना पक्राउ परेका छन् । उनीहरुविरुद्ध प्रहरीले ‘संगठीत अपराध’ मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
No comments:
Post a Comment