ह्वाइट हाउसमा ओबामाको आठ वर्ष - newsallabc.com

Breaking

Thursday, January 26, 2017

ह्वाइट हाउसमा ओबामाको आठ वर्ष

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.



अमेरिकामा नयाँ निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ४५औँ राष्ट्रपतिमा शपथ लिई पदभार सम्हालेपछि तीनवटा महŒवपूर्ण निर्णय गर्नुभयो ।  उहाँ निवर्तमान राष्ट्रपति बाराक ओबामाका लोकप्रिय कदमका रूपमा रहेको स्वास्थ्य बीमा कार्यक्रम 


‘ओबामा केयर’, जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता र ट्रन्स प्यासिफिक पार्टनरसिप व्यापार (टीपीपी) सम्झौताबाट पछि हट्न्ुभयो ।  टीपीपी ओबामाको सर्वाधिक महŒवपूर्ण एसिया नीति थियो ।  राष्ट्रपति ट्रम्पले चुनाव जित्दा पनि पदभार सम्हाल्दा पनि विश्वमै हलचल पैदा भयो ।  उहाँको समर्थनभन्दा विरोधमा अमेरिकालगायत विश्वका प्रमुख सहरहरूमा ठुल्ठूला प्रदर्शन भए ।  तर, उहाँले चुनावी प्रतिबद्धताअनुसार नै काम सुरु गर्नुभयो ।  
अमेरिकी संसद् क्यापिटल हिलमा आयोजित विशेष समारोहमा गएको शुक्रबार (जनवरी २०) मा शपथ लिँदै ट्रम्पले अमेरिकालाई फेरि महान् बनाउने उद्घोष गर्नुभयो ।  उहाँले संसारभरि फैलिएको इस्लामिक आतङ्कवाद समाप्त पार्ने, अमेरिकाको हितलाई सर्वोपरि राख्दै संसारका सबै देशसँग मित्रता कायम गर्ने, देशभक्तिको राष्ट्रिय दिवस मनाउने, बन्द उद्योग खोल्ने, व्याप्त अपराध नियन्त्रण गर्ने, शिक्षा प्रणालीमा सुधार गर्ने, विदेशमा रहेका कम्पनीलाई स्वदेश फर्काउने, सीमा सुरक्षा बलियो पार्ने, ध्वस्त भएका पूर्वाधारको पुनःनिर्माण गर्दै व्यापक रूपमा रोजगारीका अवसर सिर्जना गर्नेलगायतका प्रतिबद्धता व्यक्त गर्नुभयो ।  
विपक्षी डेमोक्रेटिक पार्टीका ६० भन्दा बढी सांसदले शपथ ग्रहण समारोह बहिष्कार गरे पनि निवर्तमान राष्ट्रपति ओबामा, राष्ट्रपतिका पराजित उम्मेदवार हिलारी क्लिन्टनलगायतका नेताहरू सहभागी हुनुभयो ।  नीतिगत मतभेद हुँदाहुँदै पनि ओबामाले सहज रूपमा लोकतान्त्रिक विधिअनुसार ट्रम्पलाई सत्ता हस्तान्तरण गर्दै बधाइ तथा शुभकामना दिनुभयो ।  चरम आर्थिक मन्दीका बेला विश्वको सर्वशक्तिशाली मुलुक अमेरिकाको सर्वोच्च पदमा पुग्नुभएका पहिला अश्वेत राष्ट्रपति ओबामाले आठ वर्ष ह्वाइट हाउसमा बिताउनुभयो ।  उहाँको यो सक्रिय दुई कार्यकाल अमेरिकाको इतिहासमा स्वर्णिम बनेको छ ।  विवादरहित ढङ्गले ठूलो उत्साहसाथ ह्वाइट हाउस प्रवेश गर्नुभएका ओबामा विवादरहित ढङ्गले निर्वाचित राष्ट्रपति ट्रम्पलाई सहजै सत्ता हस्तान्तरण गरेर बिदा हुनु्भयो ।  उहाँ जसरी आउनुभयो त्यसरी नै जानुभयो ।  कुनै विवाद, अवाञ्छित गतिविधि, भ्रष्टाचारमा मुछिनुभएन ।  सादा जीवन उच्च विचारका धनी ओबामाले आफ्नो मुलुक र संसारलाई नयाँ सन्देश दिनुभयो ।  
ओबामाले ह्वाइट हाउसबाट बिदा लिनुभन्दा १० दिनअघि आफ्नो गृहनगर सिकागोमा सबैको मन छुने बिदाइ सम्बोधन गर्दै लोकतन्त्र बचाउन अमेरिकी नागरिकलाई आह्वान गर्नुभयो ।  उहाँको सम्बोधन लोकतन्त्रको बाटोमा हिँडेका र हिँड्न लागेका संसारका सबै मुलुकका निम्ति निकै अनुकरणीय छ ।  उहाँ पदबाट बाहिरिनुपर्दाको कुण्ठा होइन, आफ्नो मुलुकले आगामी बाटो कस्तो समाउँछ, जनताको जीवनस्तर र लोकतन्त्रको भविष्य कस्तो हुन्छ भन्ने चिन्ता व्यक्त गर्नुभयो ।  संविधान आफैँमा साध्य होइन, साधानमात्र हो ।  यो कागजी बाघमात्र हो ।  यसलाई जीवन तथा शक्ति प्रदान गर्ने भनेको जनसहभागिता र चुनावबाट सम्भव हुने उहाँको धारणा थियो ।  उहाँले आवधिक निर्वाचन र जनसहभागितालाई लोकतन्त्रको खास विशेषताका रूपमा अथ्र्याउनुभयो ।  लोकतन्त्रको स्तर कस्तो भनी बुझ्न स्वतन्त्रता, कानुनी शासनको सम्मान र त्यसको पालना हेर्नुपर्ने उहाँको भनाइ थियो ।  सम्बोधन गर्दा उहाँ आफू पनि भावुक बन्नुभयो र सबै लोकतन्त्रप्रेमीलाई भावुक बनाउनुभयो ।  ओबामाले आफूलाई पार्टी विशेषको नभई जनताको राष्ट्रपति भएको बताउँदै अमेरिकी लोकतन्त्र जोगाउन जनतालाई अपिल गर्नुभयो ।  
आफूले हरेक दिन जनताबाट सिकेको हुँदा जनताले नै आफूलाई असल राष्ट्रपति बनाएको अनि एउटा असल मानिस पनि बन्न सकेको उहाँको अभिव्यक्ति वास्तवमै मर्मस्पर्शी थियो ।  जनताबाट सिक्ने र सधैँ जनतामाझमा रमाउने, जनताको सुख–दुःखको साथी बन्ने नेता नै वास्तवमा राजनेताको कोटीमा पर्न आउँछ ।  नेता जो पनि बन्न सक्छ तर राजनेता थोरैमात्र बन्न सक्छन् ।  ओबामा प्रतिकूल स्थितिमा पनि उल्लेख्य काम गरेर बिदा हुनुभयो ।  
ओबामाले चुनावमा मतदातासमक्ष व्यक्त गर्नुभएको प्रतिबद्धताअनुसार नै महŒवपूर्ण काम गर्नुभयो ।  उहाँ अमेरिकालगायत विश्वको शान्ति र समृद्धिमाथि नै धावा बोलेको आतङ्कवादी सङ्गठन अलकायदाको सञ्जाल ध्वस्त बनाउँदै र यसका प्रमुख ओसामा बिन लादेनलाई मार्न सफल हुनुभयो ।  सन् २००१ को सेप्टेम्बर ११ मा अलकायदाले अमेरिकामाथि भीषण आतङ्कवादी आक्रमण गर्दा तीन हजार मानिसको ज्यान गएको थियो भने अर्बांै डलरको भौतिक क्षति भएको थियो ।  यो आक्रमणपछि अमेरिकाले आतङ्कवादविरुद्धको विश्वव्यापी अभियान चलाएको थियो ।  सोही अभियानकै क्रममा लादेनलगायत दसौँ हजार आतङ्कवादी मारिएका हुन् ।  
ओबामा आतङ्वादलाई कमजोर बनाउन सफल हुनुभयो भने इरानसँग बिग्रेको सम्बन्ध सुधार्दै इरानको आणविक कार्यक्रम बन्द गराउनुभयो ।  त्यसैगरी सम्बन्धविच्छेदको अवस्थामा रहेको छिमेकी क्युबासित कूटनीतिक सम्बन्ध पुनःस्थापना गराउनुभयो भने म्यानमार, भियतनाम र लाओससित पनि सम्बन्ध सुधार गर्नुभयो ।  
ओबामाले मध्यमवर्गीय अमेरिकीका लागि स्वास्थ्य बीमा कार्यक्रम लागू गर्नुभयो ।  ओबामा केयर नामले परिचित यो कार्यक्रमबाट दुई करोडभन्दा बढी अमेरिकी लाभान्वित भए ।  त्यसैगरी, चरम आर्थिक मन्दीमा रहेको मुलुकको अर्थतन्त्र सुधार गर्दै ५० लाखभन्दा बढी नयाँ रोजगारीको अवसर सिर्जना गर्नु ओबामाको अर्को सफलता थियो ।  उहाँले लैङ्गिक विभेद अन्त्य गराउनेक्रममा समलिङ्गी विवादलाई पनि मान्यता दिलाउनुभयो । 
चाहेर पनि गर्न नसकेका दुई काममा उहाँलाई पछुतो छ ।  विवादस्पद ग्वान्टानामो बन्दीगृह बन्द गराउने र अमेरिकामा व्याप्त बन्दुकआतङ्क रोक्ने यी दुई कार्यका लागि उहाँले पटक–पटक अमेरिकी संसद्मा प्रयास गर्नुभयो ।  प्रत्येक अमेरिकी नागरिकले आत्मसुरक्षाका लागि बन्दुक राख्न पाउने यो अधिकारबाट सिर्जित बन्दुकआतङ्क रोक्न उहाँलाई संसद् बाधक बन्यो ।  संसद्मा आफ्नो पक्षमा बहुमत नभएकै कारण यो कार्य गर्न सम्भव भएन ।  ओबामा शासनले अमेरिका र सारा विश्वलाई सत्मार्गमा हिँडाउन प्रेरित ग¥यो ।  उहाँले मेलमिलाप र कूटनीतिक सन्तुलनलाई जोड दिनुभयो ।  डेमोक्रेटिक पार्टीका तर्फबाट चुनावी मैदानमा उत्रेर ४४औँ राष्ट्रपति निर्वाचित हुनुभएका उहाँको दुई कार्यकालभन्दा अघि ४३औँ राष्ट्रपति रिपब्लिकन पार्टीका नेता जर्ज डब्लु बुसले जित्नुभयो ।  बुसको दुई शासनकाल ओबामाको तुलनामा निकै विवादास्पद बने ।  ओबामाले चुनावमा गरेका प्रतिबद्धताअनुसार नै काम गर्नुभयो ।  उहाँले दुई कार्यकालमा राम्रा काम गर्नुभएकाले धेरैबाट प्रशंसा पाउनुभयो ।  लगातार दुई कार्यकाल पूरा गरेपछि राष्ट्रपति चुनाव लड्न नपाइने अमेरिकाको संवैधानिक व्यवस्थाअनुसार यसपटक ओबामा चुनावमा उठ्नुभएन ।  
लामो समयसम्म बेलायतको उपनिवेशमा रहेको अमेरिका सन् १७७६ मा स्वतन्त्र भएको हो ।  सन् १७८७ मा संविधान जारी भई सन् १७८९ मा जर्ज वासिङ्टन पहिलो राष्ट्रपति निर्वाचित हुनुभयो ।  जर्ज वासिङ्टन पहिलो राष्ट्रपति निर्वाचित बनेपछि अधिकारका लागि काला जातिका मानिसले आन्दोलन सुरु गरे ।  आन्दोलनले गृहयुद्धको रूप लिएपछि सन् १८६५ मा अमेरिकाको संविधानमा संशोधन गरी दासप्रथाको उन्मूलनको घोषणा गरिएको थियो ।  संविधानमा दासप्रथाको उन्मूलनको घोषणा गरे पनि व्यवहारमा लागू भएन ।  लामो समयसम्म जारी रङ्गभेदविरोधी आन्दोलन सन् १९६५ मा चरमोत्कर्षमा पुग्यो ।  सो आन्दोलनको नेतृत्व गर्नुभएका अश्वेत नेता मार्टिन लुथर किङको सन् १९६८ मा हत्या भयो ।  आफ्ना लोकप्रिय नेताको हत्याले आक्रोशित काला जातिको रङ्गभेदविरोधी आन्दोलन अरू चर्किन नदिन गोरा अमेरिकी नागरिकसरहका सबैखाले अधिकार दिने सरकारले प्रतिबद्धता व्यक्त ग¥यो ।  सोहीअनुसार काला जातिका मानिस प्रशासन तथा सैनिक सेवामा प्रवेश पाए ।  समान अवसर पाएकै कारण काला जातिबाट ओबामा सर्वोच्च पदमा पुग्न सफल हुनुभयो ।  उहाँको यो सफलता काला जातिका लागि गौरव साथै आत्मसम्मानको विषय हो । 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167