असन्तुष्टि समेटेर संविधान संशोधन - newsallabc.com

Breaking

Tuesday, January 31, 2017

असन्तुष्टि समेटेर संविधान संशोधन

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.


सरकारले कुटनीतिक समुदायलाई मंगलबार ब्रिफिङ गरेको छ । पुष्पकमल दाहाल सरकारमा आएको करिब ६ महिनापछि नेपालस्थित कुटनीतिक समुदायहरूलाई बोलाएर मुलुकको पछिल्लो घटनाक्रमबारे जानकारी दिइएको हो । 
‘सरकारले असन्तुष्ट पक्षका विषयलाई समेटेर संविधान संशोधन गर्छ,’ ब्रिफिङपछि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रकाश शरण महतले भने, ‘सबैलाई मान्य हुने गरी संविधान संशोधन गरेर त्यसको कार्यान्वयनको पक्षमा जाने कुरा जानकारी गराएका छौं ।’

बिफ्रिङकमा नेपालस्थित भारत, चीन, अमेरिका, बेलायत, कतारलगायत २४ मुलुकका राजदुत तथा कार्यबाहक राजदुत, नेपालस्थित संयुक्त राष्ट्रसंघीय नियोग, यूरोपेली यूनियनलगायतका प्रतिनिधिको सहभागिता थियो । कार्यक्रममा सार्क सचिवालयका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो । 
‘सबैलाई साथ लिइ निर्वाचन’
परराष्ट्रमन्त्री महतले सरकारले संविधान कार्यान्वयनमा ध्यान दिएको उल्लेख गर्दै सबैलाई साथमा लिएर निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको समेत जानकारी गराए । 

‘असन्तुष्ट पक्ष र विपक्षी दललाई समेत साथमा लिएर स्थानीय तहको निर्वाचनको तयारीमा रहेको जानकारी दिएको छु,’ उनले भने । मन्त्री महतले एक वर्ष भित्रमा तीन तहकै निर्वाचन गर्नुपर्ने चुनौति रहे पनि सरकारले सकेसम्म समय भित्रमा काम गर्ने तयारी गरिरहेको जानकारी दिएका थिए । महतले सरकारले पुननिर्माणका सम्बन्धमा सरकारले गरिरहेको कामको समेत जानकारी दिएका थिए । 
विदेशी समुदायका राजदुत तथा प्रतिनिधिहरूले नेपाल सरकारले निर्वाचन, पुननिर्माण, मानवअधिकार र नेपालको संक्रमणकालीन न्याय, सरकारको खर्च गर्ने क्षमतामा देखिएको कमजोरी आदीबारे प्रश्न उठाएका थिए ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167