Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
लामो समयको अमेरिका बसाइपछि नेपाल फर्किएका सरोज खनाल रंगमञ्चमा पनि फर्किएका छन् । मंगलवारदेखि मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘१२ दुर्वासा’मा उनी अभिनय गरिरहेका छन् ।
प्रसिद्ध अमेरिकी फिल्म तथा नाटक ‘ट्वेल्भ एंग्री म्यान’को नेपाली रूपान्तरण यस नाटकलाई सुरेश सापकोटाले अनुवाद गरेका हुन् भने राजन खतिवडाले यसलाई निर्देशन गरेका हुन् । नाटकमा खनालजस्ता पुराना कलाकारलाई देख्न सकिन्छ भने नयाँ पुस्ताका रंगकर्मीहरू सरिता गिरी, पशुपति राई, सृजना सुब्बा, सोमनाथ खनाल, अभय बराल, अनुपम शर्मा, कुशल पाण्डे, लक्ष्मी बर्देवा, बादल भट्ट, विशारद बस्नेत, पुष्कर कार्की र आयान खड्का समेतको अभिनय छ ।
नाटक फागुन महिनाको १ गतेसम्म सोमवारबाहेक हरेक दिन साँझ ४ः३० मा सुरु हुनेछ । शनिवार दिउँसो १ बजे नाटकको अतिरिक्त सो रहेको मण्डलाले जनाएको छ ।
क्षणिक भावुकताले निर्णय गर्नु घातक बन्न सक्छ । अझ मनबाट आग्रह÷ पूर्वाग्रहलाई टाढा राखेर कुनै पनि निष्कर्षमा पुग्न एकदमै जटिल हुन्छ र सही निर्णय लिन सकिँदैन भन्ने कुरालाई नाटकले प्रस्तुत गरेको छ । एउटा सही निर्णय लिन नसक्नुको नतिजा कति महँगो साबित हुन्छ भन्ने कुरा पनि दर्शाइएको छ ।
संसारभरका भाषामा रूपान्तरण भएर मञ्चन भएको र भइरहेको नाटकको निर्देशन गर्नुलाई निर्देशक राजन खतिवडाले आफ्नो ‘चुनौतीपूर्ण मुख्र्याइँ’ भनेका छन् । उनले भने, ‘मलाई यति विश्वास छ, यस पटक दर्शकले सधैँ नाटक हेरिरहेको भन्दा फरक अनुभूति गर्न पाउनुहुनेछ ।’

थिएटर मलमा ‘बेड नं ९९’
काठमाडौँ, सुन्धारामा रहेको काठमाडौँ मलस्थित थिएटर मलमा महेशविक्रम शाहको कथालाई नाटकमा रूपान्तरण गरेर मञ्चन भइरहेको छ । ‘बेड नं ९९’ लाई घनश्याम श्रेष्ठले नाटकको रूप दिएका हुन् । शाहको मनोवैज्ञानिक कथालाई नाटकमा पनि निर्देशक श्रेष्ठले मनोवैज्ञानिक विम्बहरूमार्फत दृश्यमा उतार्ने प्रयास गरेका छन् । नाटकले यस्ता मनोरोगीको उपचार विधिलाई रोचक ढंगले प्रस्तुत गरेको छ ।
कथालाई नाटकका रूपमा थिएटर मलले पहिलो पटक मञ्चन गरेको हो । फरक–फरक प्रस्तुति र विषयमा नाटक मञ्चन गर्ने थिएटर मलले यो पटक थिएटर आकारसँगको सहकार्य गरेको नाटकघरका कला निर्देशक केदार श्रेष्ठले बताए ।
नाटक ‘बेड नं ९९’ मा विकास जोशी, श्याम खड्का, सुषमा कोइराला, रेनुका कार्की, सुशीला लक्ष्मी श्रेष्ठ, श्रीनेहा कोइराला, केशव रिजाल, शुभम गणेश पौडेल, सुमन कोइराला, अन्जनी भरतवाल, शंकर भण्डारी, अर्जुन पौडेल, अनुजा अधिकारी, उमेश कार्की, प्रजुला महर्जनलगायत कलाकारले अभिनय गरेका छन् ।
थिएटर मल नाटकघरमा नाटक माघ २९ गतेसम्म बुधवारबाहेक हरेक दिन बेलुका ५ बजे मञ्चन भइरहेको छ । शनिवार दिउँसो साढे १ बजे अतिरिक्त सो पनि हुने नाटकघरले जनाएको छ ।

No comments:
Post a Comment