ट्रम्पको धक्का: नेपालमा पनि असर पर्न सक्ने - newsallabc.com

Breaking

Thursday, January 26, 2017

ट्रम्पको धक्का: नेपालमा पनि असर पर्न सक्ने

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.


विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पका अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी निर्णय र घोषणाले खुला बजार अर्थ व्यवस्थामा ठुलो धक्का दिएको छ । धेरैले अनुमान गरे विपरित निर्वाचित भएका ट्रम्पले चुनावका क्रममा घोषणा गरेअनुरुप नै ट्रान्स प्यासेफिक पार्टनरसिप (टिपिपि) नाम गरिएको व्यापार सम्झौताबाट अमेरिका हटने निर्णय लिएका छन् । यो खबर आजको कान्तिपुरमा छ ।

त्यति मात्र होइन, अब उत्तर अमेरिकी स्वतन्त्र व्यापार क्षेत्र, चीन, जापान र मेक्सिकोसंगको व्यापारमा उनको विशेष चासो देखिन्छ । उनको चासोले सन १९४८ देखि थालिएको स्वतन्त्र र खुला व्यापार प्रणालीमा ठुलै उथलपुथल ल्याउने संकेत मिलेको छ । ‘व्यापार, कर, आप्रवास र वैदेशिक नीति सम्बन्धि सबै निर्णय अमेरिकी कामदार र उद्योगलाई हेरेर गरिनेछ,’ ट्रम्पले सपथ समारोहमै भनेका थिए । स्वतन्त्र व्यापारका नाममा अमेरिकी रोजगारी गुमिरहेकोमा ट्रम्पको विशेष चिन्ता देखिन्छ ।
उनका अनुसार टिपिपीमा समावेश भएका अन्य ११ देशका कारण २० लाख अमेरिकीले रोजगारी गुमाएका छन् । उनको दावी अनुसार सबैभन्दा बढि ७ लाख ४० हजार मोटर उद्योगमा काम गर्नेहरुको गुमेको छ । उनले जापान र मेक्सिकोका कारण यो क्षति भएको घुमाउरो पारामा आफ्नो वेबसाइटमा उल्लेख गरेका छन् ।
त्यहि भएर उनले मेक्सिकोमा बनाउन लागेको टोयोटाको कारखानालाई लक्षित गर्दै त्यहाको उत्पादन नलिने भनिसकेका छन् । ६ बर्षपछि व्यापार नाफामा गएको जापानका लागि यो ठूलो धक्का हो ।
टिपिपिमा जापानसंगै प्रसान्त महासागरको एसिया तर्फका भियतनाम, मलेसिया, ब्रुनाइ, सिंगापुर, अष्ट्रेलिया र न्युजिल्याण्ड छन् । यसैगरि दक्षिण अमेरिका तर्फका चिलि र पेरुलाई पनि समेटिएको छ । उत्तर अमेरिकी स्वतन्त्र व्यापार क्षेत्र (नाफ्टा) का ३ सदस्य राष्ट्र क्यानडा, अमेरिका र मेक्सिको पनि निवर्तमान राष्ट्रपति बाराक ओबामाले परिकल्पना गरेको टिपिपिमा छन् । अब अमेरिका त्यसबाट बाहिरिएको छ ।
अष्ट्रेलियाले अमेरिका बाहेक पनि टिपिपिलाई अगाडि बढाउन सकिन्छ कि भनेर प्रयास गर्दैछ । टिपिपिमा नरहेको चीन अब यी मुलुकमा अवसर खोज्न सक्ने अनुमान विज्ञहरुको छ । तर अन्य सदस्य मुलुकका लागि चीनमा बजार खोज्नु त्यति सहज हुने छैन ।
विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनले प्राय सबै थोक बनाउछ । त्यो पनि सस्तोमा । त्यसले त्यहा बजार लिनु अरुका लागि फलामको च्युरा चपाउनु सरह नै हुनेछ । अमेरिकालाई पनि चीनमा प्रवेश सहज नभएकाले ट्रम्पले चीनप्रति पनि अनुदार हुने संकेत दिइसकेका छन् । उनको वेबसाइटमा चीनले अमेरिकाको नक्कल गरी उत्पादन गरेका कारण अमेरिकामा रोजगारी गुमिरहेको उल्लेख छ ।
चिनियाँँ सामानमा ४५ प्रतिशत सम्म भन्सार महसुल बढाउने सम्भावना रहेको समाचार अमेरिकी संचार माध्यममा आएका छन् । ‘कमिसन अफ द थेफ्ट अफ द अमेरिकन इन्टिलेक्चुअल प्रोपर्टि’ भन्ने संस्थाको हवाला दिदै चिनियाँको वौद्धिक चोरी रोक्न सके अमेरिकामै २० लाख रोजगारी सिर्जना गर्न सकिने उल्लेख छ ।
दक्षिण कोरियासंगको व्यापारमा पनि ट्रम्प उदार नहुने देखिएको छ । उनको दावी अनुसार कोरियाली सामानको अमेरिकामा बढदो प्रभावका कारण अमेरिकीले रोजगारी गुमाएका छन् । सायद यहि देखेर हुनुपर्छ उत्तर कोरियाली नेता किम जुंग उनले ट्रम्पसंग भेटन चाहिरहेको सिएनएनको समाचार छ । उत्तर कोरिया र अमेरिका परम्परागत दुस्मन रहँदै आएका छन् ।
त्यसो त ट्रम्पले ओबामा प्रशासन र त्यस अघि पनि कटु शत्रुता रहेको मुलुक रुससंग पनि सौहार्द व्यवहार गर्ने जनाएका छन् । उनका परराष्ट्र मन्त्री रेक्स टिलरसन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका मित्र भएको अमेरिकी संचारमाध्यममा आइसकेको छ ।
अतिकम बिकसित मुलुकका बारेमा टम्पले बोलिसकेका छैनन । त्यसैले नेपाल जस्ता मुलुकमा के हुने भन्ने प्रष्ट छैन । ओबामाले ६६ वटा नेपाली उत्पादनलाई भन्सार रहित पहुँच दिने भनेका थिए । यसलाई ट्रम्पले फिर्ता लिने सम्भावना न्युन छ । तर उनले सबै देशलाई दिइरहेको सहुलियतपूर्ण बजार पहुँच खारेज गरे भने त्यसको असर नेपालमा पनि पर्न सक्छ ।
‘६६ वटा उत्पादन हामीले चाहेको नभइ अमेरिकाको रुचिमा दिइएको हो,’ ओझाले भने, ‘सायद यसलाई खारेज गरिदैन होला ।’
अमेरिकाले दिदै आएको भन्साररहित पहुँच सम्बन्धि अर्को व्यवस्था जनरलाइज्ड सिस्टम अफ प्रिफरेन्स (जिएसपी) बारे उनले चुनावी भाषणमा केहि बोलेका थिएनन । यसमा कटौति हुने हो भने नेपाललाई ठूलो धक्का लाग्नेछ । यसै सुविधा अन्तर्गत नेपालबाट निर्यातजन्य करिब ९५ प्रतिशत सामानमा अमेरिकामा भन्सार लाग्दैन । नेपालले सन २०११ मा व्यापार तथा लगानी सम्बन्धि सम्झौता (टिफा) गरेको थियो ।
‘ट्रम्पले जिएसपी र टिफाबारे अझै केहि नबोलेकाले यसै हुन्छ भनेर अनुमान गरिहाल्न मिल्दैन,’ ओझाले भने ।  यसैको जगमा द्विपक्षिय व्यापार सम्झौता गर्ने योजना थियो । यो पनि अब ट्रम्प नीतिमै भर पर्नेछ । जिएसपिमा नसमेटिएको नेपाली तयारी पोशाकमा भने ओबामाले नै भन्साररहित सुविधा नदिएकाले अब पाउने सम्भावना न्युन छ ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167