Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
चर्चित गायक तथा हास्य कलाकार प्रकाश ओझा मानव वेचबिखन तथा ओसार पसार मुद्धामा दश बर्षका लागी जेल चलान भएका छन् । २०७३ माघमा जिल्ला अदालत सुनसरीले ओझालाई दश बर्ष कैद सजायको फैसला सुनाएको थियो ।
अदालतको फैसलापछि फरार भएका ओझालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले शुक्रवार काठमाडौंको शंखमुलबाट पक्राउ गरेर फैसला कार्यान्वयनका जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।
जिल्ला अदालत काठमाडौंको आदेशले ओझालाई कैद भुक्तानका लागी केन्द्रिय कारागार सुन्धारा पठाईएको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ ।
गायक ओझाले २०५९ सालदेखि लगातार दुई बर्षसम्म तीनजना नाबालिककासँग अनैतिक सम्वन्ध राखेर खिचीएका अश्लिल भिडियो सार्वजनिक गर्ने धम्की दिएर पटक–पटक यौन शोषण गर्दै आएको अदालतले ठहर गरेको थियो ।
साथै पिडितहरुलाई थाहै नदिर्इं यौन शोषण र अप्राकृतिक मैथुन गरेको फोटो खिचेर वेवसाइटमा समेत राखेर बेच विखन गरेको ठहर गर्दै सर्वोच्च अदालतले पुनरावेदन अदालत विराटनगरेको फैसला उल्टाएको थियो ।
अदालतको फैसलापछि उनी लुकीछिपी गीत रेकर्डिङ गर्दै आएका थिए ।
ओझाले गाएको ‘बाहुले बिहे गर्देनन् पोहोर पनि, भत्काइदिन्छु बाख्राको खोर पनि’, ‘सोल्टिनी नानी’ लगायत बोलका गीत निकै चर्चित छ ।
No comments:
Post a Comment