कोरोना अपडेट : १ करोड ४४ लाखभन्दा बढी संक्रमित , ६ लाख ४ हजार बढीको मृत्यु - newsallabc.com
watch+more+videosCHAUTARI+JAN+SEWA+ICON

Sunday, July 19, 2020

कोरोना अपडेट : १ करोड ४४ लाखभन्दा बढी संक्रमित , ६ लाख ४ हजार बढीको मृत्यु


Corona-_arthiknews

काठमाडौं, ४ साउन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट १ करोड ४४ लाखभन्दा बढी मानिसमा संक्रमित भएका छन् । एकै दिन २ लाख २४ हजार ६५ जनामा संक्रमण देखिएसँगै आइतबार बिहानसम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ४४ लाख १४ हजार ४५१ पुगेको छ ।
वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ८ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ४ हजार ८१९ पुगेको छ । आइतबार विहानसम्म संक्रमणमुक्त हुनेको संख्या ८६ लाख ११ हजार २३६ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९८ हजार ८८९ जनाको मृत्यु भएको छ । २६ लाख ५७ हजार ६८३ जना संक्रमित भएकोमा १५ लाख ८२ हजार ४४५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ९५ हजार ७७७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४४ लाख ९२ हजार ९६९ पुगेको छ । त्यसमध्ये २१ लाख ८४ हजार १६ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ७८ हजार ४३० जनाको मृत्यु भएको छ । ३३ लाख ३१ हजार ४०३ जना संक्रमित भएकोमा २३ लाख ५९ हजार ७६९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख १६ हजार ५७२ जनाको मृत्यु भएको छ । ३२ लाख २० हजार १६० जना संक्रमित भएकोमा २१ लाख ३ हजार ८६६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १४ हजार ९९६ जनाको ज्यान गएको छ भने ७ लाख ६ हजार ६९ संक्रमित छन् । संक्रमितमध्ये ३ लाख ७० हजार ७१५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १४० जनाको मृत्यु भएको छ । १३ हजार १२० जना संक्रमित भएकोमा ९ हजार ७७४ जना संक्रमणमुक्त भएका छन् ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167