NEWS HEADLINES 08.06.2020 - newsallabc.com

Breaking

Monday, June 8, 2020

NEWS HEADLINES 08.06.2020

 NEWS HEADLINES


लकडाउन सुरु गर्दा देशमा कोरोना संक्रमित दुई जना आयातित थिए । लकडाउनको आजको दिनसम्म आइपुग्दा संक्रमितको संख्या झण्डै ३५ सय संख्या पुगेको छ । र, मृत्यु १४ जनाको भइसकेको छ । जसले लकडाउन कोभिड–१९ संक्रमण रोकथामको एक मात्र निर्विकल्प उपाय लकडाउन होइन भन्ने प्रस्ट्याएको छ । भोलि रोग र भोकले आक्रान्त भई नागरिक सडकमा ओर्लनुपर्ने, लुटपाट गर्नुपर्ने बाध्यात्मक परिस्थिति निम्तियो भने सरकारले सोचेजस्तो देखिने राजनीतिक लकडाउन पनि सफल हुनेछैन । हाल दैनिक २ हजार ५ सयको परीक्षण गर्ने र ६ हजारको हाराहारीमा नमुना परीक्षणका लागि क्यु लाग्ने गरेका छन् । संक्रमितको संख्या वृद्धिसँगै सम्भावित क्षतिलाई कम गर्न परीक्षणको दायरा बढाउन र जटिलता उत्पन्न हुने बिरामीको व्यवस्थापनमा केन्द्रित हुनका लागि नयाँ रणनीति जरुरी छ ।
न्यूजका हेडलाइन्स । १. नेपालमा कोरोनाले थप एक जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो, झण्डै ३५ सय संक्रमित । २. कोरोनाबाट विश्वभर मृत्यु हुने नेपालीको संख्यामा कमी, गैर आवासयी नेपाली संघका अनुसार १ सय २७ जनाको मृत्यु । ३. आज नेकपा सचिवालयको बैठक बस्दै, एमसीसीबारे छलफल हुने, कार्यदलको प्रतिवेदनका आधारमा निर्णय लिने । ४. कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, कोरोना भाइरसको महामारीले पारेको असरकाबारेमा छलफल गर्ने मुख्य एजेन्डा ।
५. र, सुनको मूल्यमा सय रुपैयाँले बृद्धि, प्रतितोला ८७ हजार पाँच सयमा कारोवार हुँदै ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167