समाचार, २४ जेठ २०७७
आजको मुख्य समाचार -
* महामारी नियन्त्रणका लागि बनाइएका संयन्त्रभित्रै शक्तिको होडबाजी / लकडाउनको नयाँ ढाँचा तयार गर्नै सकेन / क्वारेन्टिनदेखि अस्पताल र स्वास्थ्य सामग्री व्यवस्थापन भद्रगोल ।
* प्रयोगशालाहरुले चाप थेग्नै नसकेपछि बिरामीको नमुना संकलन नै अवरूद्ध / स्वास्थ्यमन्त्री भन्छन्- पीसीआर परीक्षण दैनिक १० हजार पुर्याउँछौँ ।
* कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १३ पुग्यो / आज तीन सय २३ जना संक्रमित थपिए / संक्रमितको संख्या ३ हजार २ सय ३५ ।
* राजस्व अनुसन्धानको नियन्त्रणमा रहेको ७२ टन चिनी छुटाउन गुणस्तर विभाग नै सक्रिय / म्याद गुज्रिएको अखाद्य वस्तुलाई योग्य भनिएपछि अनुसन्धानकर्ता चकित ।
* कोरोना भाइरस संक्रमणमा भारतले इटलीलाई उछिन्यो / राजधानी दिल्लीकै अस्पताल चाप धान्न नसक्ने अवस्थामा / मुम्बईको स्वास्थ्य प्रणाली नै धराशयी बन्दै ।
No comments:
Post a Comment