- कोभिड-१९ - अप्ठ्यारोमा परेका नेपालीहरुलाई फर्काउन एन.आर.एन.ए का सबै शाखा तयारी अवस्थामा, यूके सहयोग अभियान एक प्रतिवेदन - newsallabc.com

Breaking

Monday, June 8, 2020

- कोभिड-१९ - अप्ठ्यारोमा परेका नेपालीहरुलाई फर्काउन एन.आर.एन.ए का सबै शाखा तयारी अवस्थामा, यूके सहयोग अभियान एक प्रतिवेदन

लण्डन । सरकारले शुक्रबारदेखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन सुरु गर्ने भएको छ । पहिलो पटक बर्मा र युएईबाट नेपाली फर्काउन सुरु गर्ने भएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सरकारसँग विभिन्न चरणमा गरेको वार्ता र छलफल पश्चात सरकारले नेपालीलाई स्वदेश फर्काउन सुरु गर्ने भएको संघका अध्यक्ष कुमार पन्तले बताउनुभयो ।

संघले नेपालीहरुलाई तत्काल स्वदेश फर्काउनका लागि परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली तथा उपप्रधान मन्त्री ईश्वर पोख्रेलसँग समेत पटक पटक छलफल गरेको थियो ।

मन्त्रीद्धयले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई जतिसक्दो चाडो उद्धार गर्ने प्रतिवद्धता एनआरएनएसँग जनाएका थिए ।

भोलिबाट सुरु हुने उद्धार कार्यले अर्को हप्ताबाट तिब्रता लिने र पहिलो चरणमै करिब ४० हजार नेपालीहरुलाई नेपाल फर्काउने सरकारको तयारी रहेको छ ।

लामो समयसम्म विदेशमा अलपत्र परेका नेपालीहरु स्वदेश फर्कन सुरु हुने भएसँगै संघका अध्यक्ष पन्तले खुसी व्यक्त गर्नुभयो।

नेपालीहरुलाई स्वदेश फर्काउने कार्यमा गैरआवासीय नेपाली संघले सक्दो सहजीकरण गर्ने संघका सबै राष्ट्रिय समन्वय समिति (एनसीसी) हरुलाई तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो । संघले विश्वभर छरिएका नेपाली दुतावाससंग सहकार्य गर्दै नेपालीहरुको फिर्तिको लागि सहयोग गर्न सबै शाखालाई गत हप्तानै निर्देशन दिएको थियो ।

पहिलो पटक बर्माबाट २६ जना र संयुक्त अरब इमिरेट्सबाट २ सय ५० जना नेपालीलाई स्वदेश फर्काइने तयारी भएको अध्यक्ष पन्तको भनाई छ ।

अध्यक्ष पन्तले विदेशमा अप्ठ्यारोमा परेका सबै नेपालीहरुलाई धर्य गरी जहाँ हुनुहुन्छ त्यही रहन र एकअर्कालाई सहयोग पुर्याउन समेत आग्रह गर्नुभयो ।

यसअघि संघका विदेशस्थित शाखाहरुले नेपाल फर्कन चहानेहरुको तथ्यांक संकलन गर्दै आएका छन् । तथ्यांक अनुसार मध्यपूर्वबाट मात्रै झण्डै ४० हजारको नामावली संकलन भएको छ । युएईमा १८ हजार, कतारमा ८ हजार ४ सय, मलेसियामा ६ हजार २ सय, साउदी अरेबियामा ६ हजार ५ सय, बहराइनमा ३ सय र ओमनमा ७ सयजनाको प्रारम्भिक सूची तयारी अवस्थामा रहेको छ ।


एनआरएनए एनसीसी यूके सहयोग अभियान एक प्रतिवेदन

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) बेलायतले कोभिड-१९ सहयोग अभियान एक प्रतिवेदन सार्वजनिक गरेको छ।

बेलायतमा कोभिड-१९ को प्रभाव देखिन शुरु भए लगत्तै गत मार्च २१ मा बसेको एनआरएनए एनसीसी यूकेको आकस्मिक बिशेष बैठकले स्वास्थ्य विभाग संयोजक डा सुनिल शाहलाई कोभिड -१९ संयोजन गर्ने जिम्मेवारी प्रदान गरेको थियो। त्यसपछि संघका बिभिन्न पदाधिकारीहरुको संयोजनमा विभागीय समितीहरु गठन गरेर सुचना सचेतना र परामर्शका बिभिन्न कार्यक्रमहरु संचालनमा ल्याएको थियो।

एनआरएनए एनसीसी यूकेले संचालन गर्ने कोरोना सम्बन्धि सबै गतिविधीहरुलाई केन्द्रिकृत तहबाट अवलोकन, मुल्यांकन र दिशानिर्देश गर्ने गरी अध्यक्ष पुनम गुरुङ, महासचिव फडिन्द्र भट्टराई र कोभिड संयोजक सुनिल शाह सम्मिलित स्टेरिंग समितीको मातहतमा रहेर कार्यसम्पादन हुदै आएको छ ।

सर्वप्रथम कोरोना पिडित सहयोगको लागि सचिव द्वय जित रानाभाट र कृष्ण ढकाल तथा सदस्य हेम गुरुङ को संयोजनमा सचिव स्तरीय ३ वटा हेल्पलाईनको स्थापना गरेर पूर्णकालीन हेल्पलाईन सेवा प्रदान गर्दै आईरहेको छ। अहिले सम्म हेल्पलाईनमा १५ सय भन्दा बढी संख्यामा आएका गैरआवासीय नेपालीहरुलाई परामर्श र राहात लगायतको सेवा प्रदान भईसकेको छ ।

पहिलो चरणमा नेप्लिज डाक्टर्स एसोशियसन यूके र नेपलिज नर्सिंग एसोशियसनए यूकेको सहकार्यमा बेलायतमा कार्यरत २५ जना नेपाली डाक्टर तथा २४ जना नर्सहरुलाई स्वास्थ्य परामर्श लगायतका बिषयमा तत्काल परिचालन गरिएको थियो। नेपाली डाक्टरहरुलाई संघको फेशबुक पेज मार्फत २ हप्ता सम्म दैनिक फेशबुक लाईभ शो मार्फत बेलायतवासी नेपालीहरुलाई स्वास्थ्य सेवा र परामर्श प्रदान गर्नुका साथै कोरोना संक्रमित नेपालीहरुलाई व्यक्तिगत रुपमा टेलिफोन मार्फत परामर्श समेत उपलब्ध गराउदै आएको छ ।

त्यसैगरी उपाध्यक्ष रोजिना प्रधान राई र उपाध्यक्ष सुनिल बावु खड्कालाई बेलायतमा अध्ययनरत विद्यार्थीहरुको समस्या सम्बोधन गर्नको लागि जिम्मेवारी प्रदान गरेर अहिले सम्म ७७ जना विद्यार्थीहरुलाई खाद्यान्न लगायतका सामग्री तथा सहयोग पुर्‍याई सकिएको छ । हाल सम्म यो समिती बाट २ सय भन्दा धेरै विद्यार्थीहरुले सेवा लिईसकेका छन।

त्यस्तै कार्यसमितीकै पदाधिकारीको पहलमा करिव २ दर्जन विद्यार्थीलाई जागिर लगाउने कार्य भएको छ भने आवासको समस्या भएका १० जना विद्यार्थीहरुलाई आवास सुविधा उपलब्ध गराईएको छ । यसका अलावा विद्यार्थीहरुलाई विभिन्न विषयमा परामर्श उपलब्ध गराउने यूनिभर्सिटीको हार्डशिप फन्ड को आवेदनमा सघाउने, सामाजिक सुरक्षा कार्डको आवेदन गराउने लगायतका काम समेत हुदै आएको छ ।

बेलायतमा अधिक संख्यामा रहेका भूतपूर्व गोर्खा तथा उनका परिवारलाई सघाउने उद्देश्यले उपाध्यक्ष प्रेम गाहा मगरको संयोजनमा देशव्यापी रुपमा स्वयंसेवक परिचालन हुदै आएको छ।

भूपू गोर्खा परिवारलाई सुरक्षा सामग्री प्रदान गर्ने, प्रेसक्रिप्सन तथा घरायसी समान खरिदमा सघाउने र मुख्यतया स्वास्थ्य सचेतना र परामर्श उपलब्ध गराउदै आईरहेको छ। गोर्खा सम्बन्धि विभिन्न संघ संस्था हरुको समन्वयमा विशेषत भूपू गोर्खा परिवारको सहयोगको लागि अहिले बेलायतभर ११८ जना स्वयंसेवकहरु परिचालन गरिएको छ।

त्यस्तै गोर्खा विभाग अन्तर्गत कोरोनाको कारण मृत्यु भएका परिवारलाई आवश्यकता अनुसार आर्थिक सहयोग गर्ने देखि, स्थानीय सरकार तथा निकायबाट प्राप्त गर्न सकिने सेवा सुविधामा समेत सेवा पुर्‍याउदै आइरहेको छ ।

त्यस्तै बेलायत सरकार र स्थानीय स्वास्थ्य निकयाहरुले निकाल्ने सुचनाहरुलाई नेपालीमा उल्था गरेर वेबसाइट तथा मेडियामा सम्प्रेषण गर्ने कार्य पनि हुदै आएको छ। यसको संयोजन उपाध्यक्ष नारायण कंडेलबाट हुदै आएको छ।

जनस्वास्थ्य निकायका सुचनाहरु नेपालीमा उपलब्ध गराउने माग समेत गर्दै पेटिसन हस्ताक्षर अभियान समेत संचालनमा ल्याईएको छ। लकडाउनको कारण घरमै बस्न वाध्य नयाँपुस्ताका नानीहरुलाई विभिन्न रचनात्मक क्रियाकलापमा सहभागी गराउन चित्रकला प्रतियोगिता जस्ता अभियानहरु संचालन गरिएको छ ।

एनआरएनए एनसीसी यूके अन्तर्गत इंगल्याण्ड, वेल्स, स्कटल्याण्ड, आयरल्याण्ड लगातका ४ वटै राज्य परिषद्का अध्यक्षहरुलाई पदाधिकारी बैठकहरुमा सहभागी गराउदै ४ वटै राज्यमा सहयोग तथा राहत कार्यक्रमहरु संचालन हुदै आएका छन । राज्य परिषदहरुको समन्वय उपाध्यक्षद्वय रामचन्द्र पोख्रेल र मोहन कार्कीले गर्दै आउनु भएको छ ।

त्यस्तै छोटो अवधीको लागि बेलायत आएर लकडाउनको कारण यतै रोकिन वाध्य नेपालीहरुलाई यथाशक्य छिटो नेपाल फर्काउन पहल गर्ने गरी नेपाल जान अत्यावश्यक भएका नेपाली हरुको तथ्यांक संकलन कार्य उपाध्यक्ष रामचन्द्र पोखरेलको संयोजनमा भईराखेको छ। यसको लागि बेलायतस्थित नेपाली दुतावास तथा अन्य संघसंस्था संग आवश्यक समन्वय हुदै आइरहेको छ । अहिलेसम्म नेपाल फर्किनको लागि झन्डै २०० जनाले फाराम भरिसक्नु भएको छ ।

कोरोना प्रभावित नेपालीहरुलाई पुर्‍याउनु पर्ने सहयोग संकलनको लागि कोषाध्यक्ष तेजेन्द्र रोका मगर सहित इंगल्याण्ड राज्य परिषद्का अध्यक्ष दिपक श्रेष्ठको संयोजनमा एक समिती निर्माण गरे पश्चात आम नेपालीहरुलाई सहयोगको लागि आह्वान गरेर रकम संकलन हुदै आएको छ । अहिलेसम्म १९ हजार पाउण्ड रकम संकलन भईसकेको छ। त्यस्तै सहकोषाध्यक्ष सकुन्तला गुरुङ र सदस्य ज्ञानेन्द्र आले मगरको संयोजनमा गो फन्ड लगायतबाट समेत सहयोग संकलन हुदै आएको छ ।

सहयोग संकलन तथा राहत वितरण कार्यलाई पूर्ण पारदर्शी तथा प्रभावकारी रुपमा संचालन गर्नको लागि एनआरएनए एनसीसी यूकेले कोभिड-१९ सहयोग संचालन कार्यविधी निर्देशिका जारी गरेर सोही डकुमेन्टबाट निर्देशित भएर सहयोग र राहतका कार्यहरु संचालन गर्दै आएको छ ।

यसका अलावा बेलायतमा क्रियाशील बिभिन्न नेपाली संघ संस्थाहरु संग अध्यक्ष पुनम गुरुङ स्वयंको संयोजनमा समन्यव हुदै आएको छ । संस्थागत रुपमा सहयोग संकलन गर्नुका साथै प्राप्त सहयोगलाई राहतको रुपमा वितरण गर्ने कार्यमा समेत विभिन्न संघ संस्थाहरु परिचालित भएका छन। अहिले सम्म झन्डै ३ दर्जन संघ संस्थाहरु संग सहकार्य भईरहेको छ ।

कोरोनाको कारण अहिले सम्म बेलायतमा ६७ जना नेपालीको मृत्यु भईसकेको छ । कोरोनाको कारण मृत्यु भएका परिवारको आर्थिक सहयोगको याचना भए बमोजिम ६ जनाको परिवारलाई एनआरएनए यूकेले आर्थिक सहयोग उपलब्ध गराएको छ।

त्यसैगरी बेलायतमा १५५८ जना नेपाली संक्रमित भएको रेकर्ड एनआरएनए यूकेको हेल्पलाईन मा छ। जसमा १३८४ जना सेल्फआइसोलेसन बाट सन्चो भएको जानकारी छ भने अझै २३ जना व्यक्ति सेल्फ अईसोलेशनमा हुनहुन्छ । त्यसैगरी ८१ जना हस्पिटल बाट निको भएर फर्किएका छन भने ३ जना अझै अस्पतालमा उपचाररत हुनुहुन्छ।

बेलायतमा विशेषत भूतपूर्व गोर्खा परिवारका नेपाली नागरिकहरुको बाहुल्यता रहेको छ। उहाँहरुलाई आफ्नो दैनिक शपिंग लगायत औषधीजन्य सामग्री घरमै पुर्याउनको लागि समेत एनआरएन अन्तर्गत बिभिन्न क्षेत्रमा खटिएका स्वयंसेवकहरुले सेवा पुर्याउनु भएको छ ।

बिभिन्न दाताहरु बाट प्राप्त र एनआरएन आफैले खरिद गरेको समेत हालसम्म ६ हजार भन्दा बढी थान मास्क साथै सयौं थान सेनीटाईजर र प्रोटेक्टटिभ पन्जाहरु तथा प्यारासिटामोल जस्ता स्वास्थ्य सामाग्रीहरु बेलायतका बिभिन्न शहरहरुमा विशेषत भूतपूर्व गोर्खा परिवारका वृद्द लगायतका नेपालीहरुलाई वितरण गरिसकिएको छ ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167